पल्सरको २५ वर्ष: ‘My Pulsar Story’ अभियान सुरु, नेपाली राइडरलाई NS400Z जित्ने अवसर
वि.सं.२०८३ साउन २० बुधवार
काठमाडौं । बजाजले पल्सर मोटरसाइकलको २५ वर्षे यात्रा विशेष बनाउँदै ‘My Pulsar Story’ नामक विश्वव्यापी अभियान सुरु गरेको छ। अभियानमार्फत नेपालसहित विश्वभरका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गरिरहेका ग्राहकलाई आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको हो।
कम्पनीका अनुसार पल्सर नेपाल पनि यो अभियानको हिस्सा बनेको छ। यसले नेपाली राइडरलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने र विश्वभरका पल्सर समुदायसँग जोडिने अवसर प्रदान गर्नेछ।
सहभागीले भिडियो, फोटो, संगीत, एआई–आधारित सामग्री वा अन्य कुनै पनि सिर्जनात्मक माध्यमबाट जुनसुकै भाषामा पल्सरसँग जोडिएको आफ्नो कथा प्रस्तुत गर्न सक्नेछन्। अभियानमा मौलिक र वास्तविक अनुभवलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। उत्कृष्ट सामग्रीहरू पल्सरका आधिकारिक अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्।
अभियानअन्तर्गत हरेक हप्ता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले Pulsar NS400Z मोटरसाइकल जित्ने अवसर पनि पाउनेछन्।
यसरी सहभागी बन्न सकिन्छ।
पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण साझा गर्ने।
#MyPulsarStory ह्यासट्याग प्रयोग गर्ने।
@mypulsarofficial र @pulsarnepal ट्याग गर्ने।
२०२६ सेप्टेम्बर ४ भित्र सामग्री पेश गर्ने।
बजाजका अनुसार यो अभियान केवल पल्सरको २५ वर्षे यात्रा मनाउने कार्यक्रम मात्र नभई, पल्सरलाई आजको सफल स्थानसम्म पुर्याउन योगदान दिएका राइडरहरूको साहस, अनुभव र यात्रालाई सम्मान गर्ने प्रयास पनि हो।
अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू एचएच बजाज नेपालको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित समय : १८:३१ बजे





















