back

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से भने सामान्य अंक बढेको हो।

शुक्रबार नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा  ३३७ स्टकको ४६ हजार ७५२ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको ८८ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।सो कम्पनीको शेयरमूल्य १७० रुपैयाँ ७० पैसा बढेर १ हजार ३०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै,  लक्ष्मी भ्यालु फण्ड २ को इकाईमूल्य ८ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सबैभन्दा बढी ५.३३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा  रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  १७ करोड २६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै,  ग्लोबल आइएमई बैंकको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ भने सेन्ट्रल फाइनान्सको करिब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा र व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक सामान्य बढेको हो।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा....

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा दोहोरो अंकले गिरावट

सेयर बजारमा दोहोरो अंकले गिरावट

वि.सं.२०८३ साउन ११ सोमवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...