back

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा केन्द्रीय बैंकको गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा समितिका सदस्यहरूले फरक–फरक धारणा व्यक्त गरेका छन्।

समितिको आज बैठकमा सांसद लिमा अधिकारीले गभर्नर र सञ्चालक समितिको पदावधि चार वर्ष कायम गर्नुपर्ने बताइन्।

सांसद सुशील खड्काले पनि हालको पाँच वर्षको पदावधिलाई घटाएर चार वर्ष कायम गर्न उपयुक्त हुने बताए।

समितिका अर्का सदस्य पारसमणि गेलालले भने गभर्नर र सञ्चालक समितिको पदावधि तीन वर्ष हुनुपर्ने धारणा व्यक्त गरे।

सांसद परशुराम तामाङले पदावधि सकिएपछि कार्यसम्पादन सन्तोषजनक भएमा गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल एकपटक थप गर्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

सांसद पुष्पराज कँडेलले पनि पाँच वर्षको सट्टा चार वर्षे पदावधि उपयुक्त हुने बताउँदै कार्यकाल एकपटक थप गर्न सकिने व्यवस्था हुनुपर्छ भने।

सांसद गणेश पराजुलीले पनि नेपाल राष्ट्र बैंक निश्चित विधि र प्रक्रियाअनुसार सञ्चालन हुने संस्था भएकाले गभर्नर र सञ्चालक समितिको पाँच वर्षे पदावधि यथावत् राख्नुपर्ने धारणा व्यक्त गरे।

सांसद विदुषी राणाले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्य नियुक्तिका लागि योग्यता फरक–फरक निर्धारण गर्नुपर्ने सुझाव दिइन्।

अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले गभर्नर तथा सञ्चालक समितिको पदावधि कति वर्ष कायम गर्ने, कार्यकाल थप गर्ने वा नगर्ने विषयमा समितिमा छलफल जारी रहेको जानकारी दिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री 

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री 

वि.सं.२०८३ साउन २० बुधवार ०९:१८

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख...

१५ वर्षे विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँदै सरकार

१५ वर्षे विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँदै सरकार

वि.सं.२०८३ साउन १९ मंगलवार १२:२४

काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँने भएको...

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०६

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वि.सं.२०८३ साउन १७ आइतवार २०:३१

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त...