back

मन्त्री चौधरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समिति घोषणा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ।

आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मन्त्री चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो।

युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित विभिन्न सरकारी निकाय, सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भएको वहत् भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीका नेतृत्वमा समिति गठन भएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्।

चौधरी नेतृत्वको समितिमा परिषदका उपाध्यक्ष, मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुखहरु, विभिन्न संघीय मन्त्रालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयका प्रतिनिधि , प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सवै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवा केन्द्रित सङ्घसंस्थाका प्रतिनिधि, परिषद् सदस्य , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधिलगायत रहनेछन्।

यस्तै विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका प्रतिनिधि, परिषद्सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र परिषद्का सबै जिल्ला युवा समितिका अध्यक्षसमेत समितिमा रहेका छन्।

१९९८ अगस्ट ८- १२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो। सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ वुंदे लिसवन घोषणापत्र जारी गरेको थियो। सन् १९९९ को डिसेम्वर १७ मा वसेको राष्ट्रसंघको ५४औ महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि  सन् २००० वाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा श्रावण २८ गते आयोजनामा हुने मुल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले वताए। उक्त दिन विहान प्रभातफेरी समेत गरिने बस्नेतले बताए।

कार्यकारी उपाध्यक्ष बस्नेतले साताव्यापीरुपमा दिवस मनाइने जानकारी दिए। उनका अनुसार दिवसको अवसरमा युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपणलगायतका कार्यक्रम गरिनेछ।


सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

वि.सं.२०८१ माघ २७ आइतवार १२:२८

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

वि.सं.२०८१ माघ २७ आइतवार १२:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८१ माघ २७ आइतवार १०:३७

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक...

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

वि.सं.२०८१ माघ २७ आइतवार १०:३२

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा...

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले...