back

केपी ओली कप आगामी फागुन ११ गते देखि सुरु

काठमाडौं । नेपाल राष्ट्रिय युवा संघले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि १९ गतेसमम्म आयोजना गर्ने भएको छ ।बुधबार पत्रकार सम्मेलनमार्फत संघका महासचिव सुमन पुरीले आगामी फागुन ११ गते देखि १९ गतेसमम्म ‘केपी ओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

त्यसैगरी उनले नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुने जानकारी दिए ।उनले भने, ‘तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते उद्घाटन भई १९ फाईनल प्रतियोगिता हुने यहाँहरुलाई जानकारी गराउँदछौं ।

प्रतियोगितामा अखिल नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुनेछन् । प्रतियोगिताको क्वाटर फाईनलसम्मका खेलहरु एन्फा कम्प्लेक्स, सातदोवाटो, लतिपुरमा हुनेछन् भने सेमी फाईनल र फाइनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुनेछन् ।’

उनका अनुसार प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।

उनले भने, ‘प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।’

उनका अनुसार प्रतियोगिताको लागि खुल्ला आह्वान गरिने छ । सोही अनुसार सहभागी हुने टीमहरु छनोट गरिने छ । जसमा नेपालका ‘ए डिभिजन’ तथा विदेशी टीमहरुलाई समावेश गराईने पनि उनले जानकारी दिए ।

कार्यक्रमको लागि आवश्यक पर्ने मुलआयोजक कमिटी तथा विषयसँग सम्बन्धीत उपसमितीहरु गठन गरिने साथै यस्तै पुरस्कार तथा व्यवस्थापनको लागि आयोजकसँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायीक संस्था तथा व्यक्तिहरुबीच सम्झौता हुने उनको भनाई छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१३

  काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स...

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२१

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।...

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:१४

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि...

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका...

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

वि.सं.२०८१ चैत १९ मंगलवार १०:४९

काठमाडौ। तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो...