back

एच.पि.भी खोप अभियानका लागि नायिका कोईरालालाई सद्ववाना दूत घोषणा

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी खोप अभियानका लागि नायिका मनिषा कोईरालालाई सद्ववाना दूत घोषणा गरिएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्ववाना दूत घोषणा गरिएको हो ।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपालका महिलाहरु सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावि पुस्तालाई यो समस्याबाट मुक्त बनाउनको लागि एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको सुरुवात गरेको बताए ।

उनले भने, ‘हामीले नेपाललाई सबै खाले क्यानसर मुक्त बनाउने अभियान कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर काम गरिरहेका छौ । उपचारको क्षेत्रमा मात्र होईन रोकथामको क्षेत्रमा पनि काम गर्न जरुरी छ । नेपालका महिलाहरु सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको देखिन्छ ।

हाम्रो भावि पुस्ता यो समस्याबाट मुक्त होस भनेर हामीले एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा यसलाई अगाडि लानको लागि यो कार्यक्रमको सुरुवात गरेका हौ ।’
यसको साथै, उनले नेपालमा ६ कक्षा देखि १० कक्षासम्ममा अध्ययनरत १६ लाख १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप उपलब्ध गराउन लागेको पनि बताए ।

यस्तै, नायिका मनिषा कोईरालाले पनि आफै पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने एकदमै ठूलो काम हुने बताइन् ।
उनले भनिन्, ‘खोप किन आवश्यक हुन्छ र यसबाट के फाइदा हुन्छ भनेर भन्नको लागि म यसमा जोडिएको छु ।

किनभने म आफै पनि क्यान्सरबाट निको भएर आएको मान्छे हो । त्यसकारण स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने कुरा मलाई थाहा छ । हामीले क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने यो एकदमै ठूलो कुरा हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...