back

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्यो ।

दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य आरसिबीले १८.३ ओभरमै चार विकेट गुमाएर सहजै पूरा ग¥यो । टिमको जितमा क्रुनाल पाण्डेले अविजित ७३ रनको महत्वपूर्ण योगदान दिए । ४७ बलको आफ्नो पारीमा उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए । कोहलीले पनि ४७ बलमा ५१ रन जोडे । अन्त्यतिर टिम डेभिडले मात्र ५ बलमा १९ रन जोडेर लक्ष्यमा सहजता थपे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो । केएल राहुलले सबैभन्दा बढी ४१ रन बनाउँदा, ट्रिस्टियन स्टब्सले १८ बलमा ३४ रनको आक्रामक पारी खेले ।

बलिङतर्फ आरसिबीका भुवनेश्वर कुमारले तीन विकेट लिए भने जोस हजेलउडले दुई विकेट निकाले ।यो जितसँगै आरसिबीले १० खेलबाट १४ अंक बनाउँदै तालिकाको शिर्ष स्थानमा स्थान बनाएको छ। ९ खेल खेलेको दिल्ली भने १२ अंकका साथ चौथो स्थानमा छ ।


आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१३

  काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स...

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२१

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।...

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका...

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

वि.सं.२०८१ चैत १९ मंगलवार १०:४९

काठमाडौ। तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो...

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

वि.सं.२०८१ चैत ११ सोमवार १०:३८

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा...