back

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् । रोमाञ्चक फाइनलमा अपराजित रहँदै फाइनलमा पुगेको ललितपुर सिटीले उपाधिका लागि शनिबार साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता ललितपुर सिटी र एफसीले पोखरा थन्डर्ससँग उपाधिका लागि भिड्नेछन् ।

पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । यस्तोमा पोखराले पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने लक्ष्य लिएको छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास गरे । उनले भने, ‘हाम्रो टोलीले राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास लिएका छौं । फाइनलका लागि हाम्रो टोलीको राम्रो तयारी छ । सुरुवाती दुई खेलमा पराजित भए पनि पछिल्ला खेलको लयलाई कामय राखेर हामी उपाधि जित्नेमा आशावादी छौं ।’

पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए । ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास गरे । उनले आफूहरु आत्मविश्वासी रहेको पनि बताए ।

ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताए । ललितपुरले पहिलो क्वालिफायरमा र पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।


आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१३

  काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स...

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२१

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।...

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:१४

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि...

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

वि.सं.२०८१ चैत १९ मंगलवार १०:४९

काठमाडौ। तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो...

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

वि.सं.२०८१ चैत ११ सोमवार १०:३८

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा...