back

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ । शीर्ष दुईमा स्थान पाउनका लागि सो खेल निर्णायक हुन सक्नेछ ।

आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।

त्यसपछिका दुई स्थानमा रहेका कलकता नाइडर्स र लखनउ सुपर जायन्ट्सको सम्भावना न्यून भइसकेको छ । राजस्थान, सनराइजर्स हैदरावाद र चेन्नई बाहिरिएका छन् ।

शीर्ष स्थानमा रहेको गुजरात र बंगलोरुको १६ अङ्क छ । पन्जाबको १५, मुम्बईको १४ तथा दिल्लीको १३ अङ्क छ। कलकत्ता ११ र लखनउको १० अङ्क छ। मुम्बई, कलकता, राजस्थान र चेन्नईको १२ खेल सकिएको छ भने अन्य टोलीले ११ खेल खेलेका छन्।

आईपीएलमासमेत भारत–पाकिस्तान युद्धको प्रभाव देखिएको छ । शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा बिहीबारको खेल युद्धकै कारण अवरुद्ध भएको थियो । दिल्लीविरुद्ध सुरुमा ब्याटिङ गरेको पञ्जाबले एक विकेटको क्षतिमा १२२ रन बनाएपछि खेल अवरुद्ध भएको हो ।


आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२१

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।...

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:१४

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि...

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका...

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

वि.सं.२०८१ चैत १९ मंगलवार १०:४९

काठमाडौ। तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो...

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

वि.सं.२०८१ चैत ११ सोमवार १०:३८

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा...