back

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

खुल्ला पुरुष, महिला र जुयिनर गरी ३ विधा अन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो । पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो भए ।

पुरुष ६२ दशमलव १ केजीदेखि ६९ केजी तौल समूहमा बिकिन जोशी पहिलो, बिक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो भए । पुरुषकै ६९ दशमलव १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रन्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बने । ७७ दशमलव १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजिब श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो भए भने ८५ केजीमाथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युदिष्ठिर सिप्र घिमिरे तेस्रो भए ।

महिलातर्फ ५८ केजी तौल समूहमा सबिता ह्यान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योन्जन तेस्रो भईन् । महिला ५८ दशमलव १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योती थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो भईन् । महिला ६४ केजीमाथिको तौल समूहमा सर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाईली तेस्रो भईन् । जुनियर २१ वर्ष मुनिको उमेर समूहमा राजिव खड्का पहिलो, आकृत बाँनिया दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गरे ।

पुरुष, महिला र जुनियर बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल सहित क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए । नेपालमा पावरलिफ्टिङ खेलको उत्थान र विकासको उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताए ।


माघ २७ देखि पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सव हुँदै

माघ २७ देखि पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सव हुँदै

वि.सं.२०८१ माघ ६ आइतवार १४:१३

काठमाडौं । नुवाकोटको पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सव हुने भएको...

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ माघ ६ आइतवार ११:०६

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित...

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

वि.सं.२०८१ पुस २३ मंगलवार १६:४२

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी...

एमएडब्लू राइड्सले गर्यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना

एमएडब्लू राइड्सले गर्यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना

वि.सं.२०८१ पुस ११ बिहीवार १६:१४

काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका...

केडिया ग्रुपले सार्वजनिक गर्यो नेपाल भलिबल लिगको लोगो र स्लोगान

केडिया ग्रुपले सार्वजनिक गर्यो नेपाल भलिबल लिगको लोगो र स्लोगान

वि.सं.२०८१ पुस १० बुधवार १३:५३

काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल...

नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

वि.सं.२०८१ पुस ९ मंगलवार १५:५३

काठमाडौं । काठमाडौंमा आयोजना हुने तय भएको नवौं संस्करणको युवा...