back

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

खुल्ला पुरुष, महिला र जुयिनर गरी ३ विधा अन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो । पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो भए ।

पुरुष ६२ दशमलव १ केजीदेखि ६९ केजी तौल समूहमा बिकिन जोशी पहिलो, बिक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो भए । पुरुषकै ६९ दशमलव १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रन्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बने । ७७ दशमलव १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजिब श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो भए भने ८५ केजीमाथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युदिष्ठिर सिप्र घिमिरे तेस्रो भए ।

महिलातर्फ ५८ केजी तौल समूहमा सबिता ह्यान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योन्जन तेस्रो भईन् । महिला ५८ दशमलव १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योती थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो भईन् । महिला ६४ केजीमाथिको तौल समूहमा सर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाईली तेस्रो भईन् । जुनियर २१ वर्ष मुनिको उमेर समूहमा राजिव खड्का पहिलो, आकृत बाँनिया दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गरे ।

पुरुष, महिला र जुनियर बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल सहित क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए । नेपालमा पावरलिफ्टिङ खेलको उत्थान र विकासको उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१३

  काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स...

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२१

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।...

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:१४

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि...

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका...

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

वि.सं.२०८१ चैत १९ मंगलवार १०:४९

काठमाडौ। तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो...