back

सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सदनलाई आफ्ना कुण्ठा व्यक्त गर्ने थलो बनाउन नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याउन चाहेको विषय सदनमा ल्याउन संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र विगतमा गरेको अभ्यासहरुले दिने भन्दै सदनमा प्रस्ताव प्रस्तुत गर्नु निरङ्कुशता नहुने बताए ।

उनले भने, ‘सदनमा छलफल भईरहेको छ, सदनले निर्णय गर्ने छ । यो सदनले चाहाने हो भने अस्वीकार गर्न सक्छ नि त्यसकारण के भन्न चाहान्छु भने यो सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन् । विचार व्यक्त गर्ने थलो बनाउनु पर्छ । यो कुनै स्वइच्छाचारिताको कुरा होईन, कुनै निरङ्कुशताको कुरा होईन । सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याएको विषय हो । सदनमा ल्याउन पाउछ, हाम्रो संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र हामीले विगतमा गरेको अभ्यासहरुले दिन्छ । त्यसकारण यो लोकतन्त्र हो । सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु र निर्णय गर्नु निरङ्कुशता हुन्छ भने लोकतन्त्रको परिभाष खोज्न कहा जाने जंगली राज तर्फ जाने यस्तो व्याख्या नगर्न म आग्रह गर्न चाहान्छु ।’

यसको साथै, उनले प्रक्रियागत त्रुटिको कुरा उठेको सन्दर्भमा नियमावलीमा रहेको नियमलाई पालना गरेर तदअनुरुप नै यो प्रस्ताव सदन समक्ष आएको भन्दै प्रक्रियाको दृष्टिले त्रुटिपूर्ण छ भन्ने अभिव्यक्तिमा सच्चाई नभएको बताए ।

उनले भने, ‘प्रक्रियागत त्रुटिको कुरा उठेको छ यसको सन्दर्भमा हामी सबै प्रक्रियामा उत्तिकै सहभागि छैनौ र प्रक्रिया हामी सबैले बनाएका होइनौ र प्रक्रियागत त्रुटि भएको कुनै पनि प्रस्ताव प्रक्रिया विपरित, कानून विपरित प्रतिनिधि सभाको नियमावली विपरित भएको कुनै पनि प्रस्ताव सदनमा प्रस्तुत हुन सक्छ ? त्यती सामान्य ज्ञान हामी सबैलाई छैन् र तब पनि प्रक्रियाको कुरा किन उठिरहेको छ ? नियमावलीमा रहेको नियमलाई पालना गरेका छौ तदअनुरुप नै यो प्रस्ताव सदन समक्ष आएको छ त्यसकारण प्रक्रियाको दृष्टिले त्रुटिपूर्ण छ भन्ने यो अभिव्यक्तिमा सच्चाई छैन् ।’उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशका सम्बन्धमा विरोधको सूचना दर्ता गर्नुहुने सबै मान्यहरुलाई धन्यवाद पनि दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

वि.सं.२०८३ साउन ४ सोमवार १८:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक...

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

वि.सं.२०८३ साउन ४ सोमवार १४:१८

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा...

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

वि.सं.२०८३ साउन ४ सोमवार १३:२६

काठमाडौं । पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...