back

विदेशी लगानीसँगै विदेशी सेना आउँछ भनेर शंका नगरौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी लगानी भित्र्याउँदैमा विदेशी सेना आउँछ भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधि सभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले राष्ट्रिय आवश्यकताका आधारमा विदेशी लगानी भित्र्याएर रोजगारी सिर्जना गराउने बताए । देशको कानूनी व्यवस्थाका आधारमा विदेशी लगानी भित्र्याउने पहल भइरहको उनको भनाइ छ ।

उनले भने, ‘ देशभित्र विदेशी लगानीका लागि अनुकुल वातावरण निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्या हो । विदेशी लगानी खास गरी हाम्रा राष्ट्रिय हितलाई केन्द्रमा राखेर हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा विदेशी लगानी भित्र्याउने हो । हाम्रो देशभित्र रोजगारी सिर्जना गर्ने हो ।

उत्पादन र उत्पदनकत्व अभिवृद्धि गर्ने, नलेज ट्रान्सफर गर्ने र देश आर्थिक रुपमा क्रमशः सबल हुँदै आत्मनिर्भर भइ अगाडि बढ्ने खालको परिस्थिति निर्माण गर्नका लागि विदेशी लगानी आमन्त्रण गर्ने हो । विदेशी लगानी ल्याउँदा सेना आउँछ आदि भन्ने आशंका गरी रहनुपर्ने जरुरत छैन । स्वभाविक रुपले हामीले हाम्रा कानूनी बन्दोबस्तमा रहेर विदेशी लगानीको पहल गर्छौं ।’

उपप्रधान तथा अर्थमन्त्री पाैडेलले सरकारले ल्याएको विधेयक निजी क्षेत्रका छाता संगठन तथा युवा उद्यमीहरुले स्वागत गरेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

वि.सं.२०८३ साउन ३ आइतवार १३:४१

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...