back
Naima

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

काठमाडौं । पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ । साउन २७ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक महोत्सवमा भजन, कीर्तन, नाचगान तथा आध्यात्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

संकल्पकर्ता राजानन्द माण्डव्य महोत्सवको उद्देश्य वैदिक सनातन धर्मप्रति भक्तजनलाई जागृत गराउनु रहेको बताए । उनले बृहस्पति अस्त भएका कारण विशेष यज्ञ तथा अनुष्ठान गर्न नमिल्ने समयलाई धार्मिक जागरणका रूपमा उपयोग गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।

‘श्रावण महिना भगवान् शिवको विशेष महिना भएकाले यस अवधिभर पशुपतिनाथमा भक्तजनको विशेष उपस्थिति हुनेगर्छ । यही अवसरलाई लक्षित गरेर महोत्सव आयोजना गरिएको हो । ३० लाख भन्दा बढी भक्तजन चाहिँ प्रत्यक्ष दर्शन गर्नुहुन्छ भन्ने अपेक्षा छ । थप विदेशीहरु पनि आउनुहुन्छ । भारतीय भक्तजनलाई जोड्ने हो भने त ५० लाख हाराहारी भक्तजनले दर्शन गर्नुहुन्छ भन्ने अनुमान छ ।’

उनका अनुसार साउन महिनाभर पशुपतिनाथमा लाखौँ भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । नेपाली भक्तजनसँगै भारतीय तथा अन्य विदेशी भक्तजनसमेत सहभागी हुँदा भक्तजनको संख्या अझ बढ्ने उनले बताए ।

माण्डव्य नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए । उनले तिब्बतमा रहेको कैलाश पुग्न धेरै समय र खर्च लाग्ने भएकाले नेपालमै धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा कैलाश धाम निर्माण गर्न पहल भइरहेको बताए ।

उनले भने, ‘कैलाश धाम निर्माणको लक्ष्य राखेका छौं । कैलाश धाम नेपालमा छैन । तिब्बतमा छ । विशेषतः चाइनिजहरू त हिन्दु छैनन् नि । हिन्दु त हामी हौं । सवा अर्ब हिन्दुहरूलाई चाइना पठाउने त एउटा बाटो छँदैछ, चाइना कष्टकर पनि भयो । र कैलाश पुगेर आउन दुईदेखि अढाइ लाख रूपैयाँ पैसा खर्च हुन्छ,’ उनले भने ।

उनका अनुसार बनेपा नगरपालिकामा सरकारी जग्गा उपलब्ध भएमा भक्तजनको सहयोगमा करिब १५ देखि २० करोड रुपैयाँ लागतमा दिव्य कैलाश धाम निर्माण गर्ने योजना छ । ‘पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनले करिब २५ किलोमिटर दूरीमा रहेको कैलाश धामको समेत दर्शन गर्न सक्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने ।

महोत्सवलाई लिएर केही व्यक्तिले आर्थिक संकलनसँग जोडेर आलोचना गरेको भए पनि यज्ञ तथा धार्मिक कार्यक्रमको उद्देश्य केवल पैसा उठाउनु नभएको उनको भनाइ छ । उनले यज्ञ सम्पन्न गर्न आवश्यक खर्च भक्तजनको सहयोगबाट जुटाइने र बाँकी रकम कैलाश धाम निर्माणमा प्रयोग गरिने बताए ।

उनले धार्मिक पर्यटन र सनातन संस्कृतिको संरक्षणका लागि यस्ता अभियान आवश्यक रहेको उल्लेख गरे । साँगाको शिव मूर्ति र पोखराको पुम्दीकोट धार्मिक पर्यटनका उदाहरण भएको भन्दै उनले कैलाश धाम निर्माणले पनि धार्मिक तथा पर्यटकीय विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

माण्डव्यले महोत्सवमा सरकारका प्रतिनिधि तथा जनप्रतिनिधिहरूबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताए ।

उनका अनुसार साउन २७ गतेसम्म शिव नाम संकीर्तन, भजन, कीर्तन, नाचगान र आध्यात्मिक प्रवचन सञ्चालन हुनेछ । त्यसपछि बृहस्पति उदय भएपछि साउन २७ देखि ३१ गतेसम्म लिङ्ग पुराण आयोजना गरिनेछ ।

साउन ३० गते पर्ने बराह जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने र सो दिन सवा करोड दीप प्रज्वलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । दीप प्रज्वलनका लागि इच्छुक भक्तजनलाई कर्ताका रूपमा सहभागी हुन आह्वान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...