back
Naima

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘The Goal is Green’ कार्यान्वयनका लागि WWF नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ। यस अभियानमा काम्दी सामुदायिक वन समन्वय समिति पनि सहकार्यमा जोडिएको छ।

बैंकले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा भएको प्रत्येक गोल बराबर एक वटा रैथाने रूख रोप्ने प्रतिबद्धता जनाएको थियो। प्रतियोगिताभर ३३३ गोल भएकाले सोहीअनुसार ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता बैंकले पूरा गर्ने जनाएको छ।

सहकार्यअन्तर्गत WWF नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक सहयोग प्रदान गर्नेछ। काम्दी सामुदायिक वन समन्वय समितिले भने स्थानीय जैविक विविधताअनुकूल रैथाने बिरुवा रोप्ने, संरक्षण गर्ने तथा दीर्घकालीन व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता भएको उल्लेख गर्दै खेलकुदको उत्साहलाई वातावरण संरक्षणसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। WWF नेपालको संरक्षणसम्बन्धी विशेषज्ञता र स्थानीय समुदायसँगको अनुभवले अभियानलाई प्रभावकारी र दिगो बनाउने विश्वास उनले व्यक्त गरे।

WWF नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना केवल रूख रोप्ने कार्यमा सीमित नभई उपयुक्त स्थानमा रैथाने प्रजाति रोपेर स्थानीय समुदायसँग मिलेर दीर्घकालीन संरक्षण गर्नु आवश्यक रहेको बताए। यस्ता साझेदारीले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दै प्रकृति र समुदायका लागि दीर्घकालीन लाभ सिर्जना गर्ने उनको भनाइ छ।

काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग पुनःस्थापनाका प्रयासलाई थप मजबुत बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे।

बैंकका अनुसार ‘The Goal is Green’ अभियानले दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्ने उद्देश्य लिएको छ। विश्वकै प्रतिष्ठित खेल प्रतियोगितालाई समुदायमा आधारित वातावरणीय पुनःस्थापनासँग जोड्दै बैंकले ग्राहक, व्यवसाय र समुदायलाई जलवायु संरक्षण अभियानमा सहभागी गराउने तथा नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...