back
Naima

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय यात्राको अवसरमा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

कम्पनीका अनुसार नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक कुनै जीवन बीमा कम्पनीले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको हो। यसअघि गत आर्थिक वर्षमा कम्पनीले १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै कीर्तिमान बनाएको थियो।

यस उपलब्धिलाई कम्पनीले आफ्नो २५ वर्षको विश्वास, सेवा र उत्कृष्टताको यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कम्पनीले यो सफलताले नेपाली जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको जनाएको छ।

ऐतिहासिक उपलब्धिको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सञ्चालक समिति, बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

कम्पनीले आगामी दिनमा प्रविधिमैत्री र ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र विश्वस्तरीय बीमा सेवा प्रदान गर्दै अग्रणी भूमिका कायम राख्ने प्रतिबद्धता पनि जनाएको छ।

नेपाल लाइफले ‘२५ वर्षको विश्वास, आज १३ अर्बको ऐतिहासिक उपलब्धि’ सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाको साझा सफलताको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रूपमा नयाँ–नयाँ उपलब्धि हासिल गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...