back

ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत अर्थात ७ करोड ५ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा बढोत्तरी भएको हो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिको तुलनामा ६ करोड ४३ लाख रुपैयाँले बढी हो । गतवर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

साथै पुस मसान्तसम्ममा लघुवित्तले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको छ । यो १४७.३३ प्रतिशतले वृद्धि भएको हो । लघुवित्तको इम्पेरिमेन्ट चार्ज १० करोड ५९ लाख रुपैयाँबाट घटेर दुई करोड ७६ लाख रुपैयाँ खुम्चिएको छ । लघुवित्तको वित्तरण योग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिसम्ममा तीन अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।

सार्वजनिक भएको वित्तीय विवरण लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा कायम छ । खराब कर्जा अनुपात ४.१० प्रतिशत रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.७३ गुणा छ ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...

नेप्से ८ महिनाकै न्यून विन्दुमा झरेपछि लगानीकर्ताद्वारा बोर्ड घेराउ, अध्यक्ष डा. भट्ट भन्छन्– ‘आजभोलिमै कार्ययोजना आउँछ’

नेप्से ८ महिनाकै न्यून विन्दुमा झरेपछि लगानीकर्ताद्वारा बोर्ड घेराउ, अध्यक्ष डा. भट्ट भन्छन्– ‘आजभोलिमै कार्ययोजना आउँछ’

वि.सं.२०८३ असार ३० मंगलवार १४:४८

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको दीगो...