back

स्टन्ट’बाजीबाट देश चल्दैन पनि सक्दैन् पनि : प्रधानमन्त्री

nactional life

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् ।

नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएकाहुन् ।

उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे।

उनले भने,‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ । देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरु कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतम्भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए । उनले सरकार कानुन व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकार सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए ।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यावसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएकोको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...