उद्योगी पनि एमसीसीको पक्षमा,परिसंघले भन्योः एमसीसी पारित हुनु देशले आर्थिक लाभ हासिल गर्छ

वि.सं.२०७८ फागुन ८ आइतवार

काठमाडौं । नेपाल उद्योग परिसंघले एमसीसी पारित हुनु पर्ने धारणा राखेकाे छ । आइतबार संसदमा एमसीसी टेबुल भएपछि विज्ञप्ति जारी गर्दै यस्तो परिसंघले यस्तो बताएको हो । एमसीसी कार्यान्वयनमा भए देशले आर्थिक लाभ हासिल गर्ने पनि परिसंघकाे धारण
नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण रहेको परिसंघले जनाएको छ ।
‘लामो समयदेखि चर्चामा रहेको नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)बीचको सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ, २०७४ भाद्र २९ गते भएको नेपाल सरकार र एमसिसीबीचको सम्झौता संसदबाट अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त छ, सम्झौता संसदबाट अनुमोदनका लागि आवश्यक पहल गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू एवं सम्पूर्ण राजनीतिक दलहरूमा धन्यवाद ज्ञापन गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।
अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य भएको र सन् २०२६ बाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नती हुँदा नेपालमा उत्पादित वस्तुहरूको सहज निर्यातका लागि सौविध्यपूर्ण व्यवहारका लागि पनि नेपालले अमेरिकासँग असल सम्बन्ध कायम गरिराख्नुपर्ने परिसंघको धारणा छ ।
युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकले एमसिसी सहायतामा रूपान्तरणकारी आयोजना कार्यान्वयन गरी आफ्नो अर्थतन्त्रको गुणात्मक वृद्धि गरेका र नेपालले यस परियोजना समयमै कार्यान्वयन गरी प्रविधि हस्तान्तरण, आयोजना कार्यान्वयन र विकास व्यवस्थापनमा नमूना प्रस्तुत गर्ने कुरामा विश्वस्त रहेको परिसंघले जनाएको छ ।

प्रकाशित समय : १८:४१ बजे