स्वीकृत भयो डेढ महिनापछि प्रोग्रेशिभ फाइनान्सको लाभांश
वि.सं.२०७८ फागुन ८ आइतवार
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको पुन प्रस्तावित ६.३१५८ प्रतिशत लाभांशलाई स्वीकृत दिएको हो ।
बैंकले फागुन ८ गते संस्थाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गर्दै ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।
यससँगै अब संस्थाको वार्षिक साधारणसभाले उक्त लाभांशलाई पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ छ । ६ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ८४ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ ।
संस्थाले करिब साढे एक महिना पछि बैंकको स्वीकृत पाएको छ । संस्थाले गत पुस २८ गते लाभांश परिमार्जन गर्दै ६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरि नेपाल राष्ट्र बैंकमा पेश गरेको थियो । त्यसअघि संस्थाले ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रकाशित समय : १८:५९ बजे