back

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ३८ गुणा बढी आवेदन, अझै थपिदै

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओमा ३८.३० गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार संस्थाले जारी गरेको उक्त आईपीओको अन्तिम दिनसम्ममा सो मात्राको आवेदन परेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म संस्थाको सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । आज अन्तिम दिन फागुन ८ गते अपरान्ह ५ बजेर २५ मिनेटसम्मको तथ्यांक अनुसार उक्त आईपीओमा ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता अर्थात ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परको सीडीएससीले जनाएको छ ।

लघुवित्तले सर्वसाधारणमा ७ लाख ९४ हजार ५०० कित्ता सेयर निष्काशन गरेको हो । उक्त आईपीओमा २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका छन् ।

कम्पनीले कुल आठ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

हाल १७ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँड पश्चात २६ करोड रुपैयाँ पुग्नेछ ।

 


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १८:३४

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १७ बुधवार १२:००

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।...