back

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ३८ गुणा बढी आवेदन, अझै थपिदै

nactional life

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओमा ३८.३० गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार संस्थाले जारी गरेको उक्त आईपीओको अन्तिम दिनसम्ममा सो मात्राको आवेदन परेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म संस्थाको सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । आज अन्तिम दिन फागुन ८ गते अपरान्ह ५ बजेर २५ मिनेटसम्मको तथ्यांक अनुसार उक्त आईपीओमा ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता अर्थात ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परको सीडीएससीले जनाएको छ ।

लघुवित्तले सर्वसाधारणमा ७ लाख ९४ हजार ५०० कित्ता सेयर निष्काशन गरेको हो । उक्त आईपीओमा २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका छन् ।

कम्पनीले कुल आठ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

हाल १७ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँड पश्चात २६ करोड रुपैयाँ पुग्नेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...