back

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

nactional life

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको भन्ने आलोचनाको जवाफ दिँदै वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनःस्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए ।

उनले भने, ‘कतै गरिबहरू यस बजेटमा अटेनन् कि ? मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि ? कृषि र श्रमका विषयमा यहाँहरूले उठाउनुभएको चासोलाई मैले अत्यन्त गम्भीरतापूर्वक लिएको छु ।’

अर्थमन्त्री वाग्लेले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्ण रूपमा तंग्रिन नसकेको उल्लेख गर्दै विगत केही वर्षदेखि कमजोर माग (एग्रिगेट डिमान्ड) का कारण आर्थिक गतिविधिमा शिथिलता आएको बताए।

‘अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन । अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो,’ उनले भने ।

उनका अनुसार निजी लगानी सुस्त रहेको र अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा माग पुनर्जीवित गर्ने कार्यक्रम ल्याउनु अपरिहार्य छ ।

‘यसलाई केवल मध्यम वर्गमुखी वा सहरी वर्गमुखी भनेर व्याख्या गर्नु यथार्थपरक हुँदैन,’ उनले भने, ‘मध्यम वर्गको क्रयशक्ति बढ्दा वा घट्दा उद्योग, व्यापार, पर्यटन र रोजगारीका क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । ’

उनले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन मध्यम वर्गको आत्मविश्वास, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनस्र्थापित गर्नु आर्थिक पुनरुत्थानको आधारभूत सर्त भएको बताए ।

‘यो कुनै विशेष वर्गलाई सुविधा दिने विषय होइन, समग्र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयास हो,’ उनले स्पष्ट पार्दै भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता...