back

नाडेप लघुवित्तले साधारण सभा जेठमा बोलायो, यस्ता छन् एजेण्डा

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले संस्थाको छैठौँ साधारण सभा आगामी जेठ ७ गते शुक्रबारलाई आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख १३ गते सोमबार बसेको बैठकले रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा ७ गते शुक्रबार बिहान ११ बजे जुम मार्फत साधारण सभा बोलाउने निर्णय गरेको हो ।

लघुवित्तले डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जाने सम्झौता गरेसँगै गत आर्थिक वर्षबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।
सभामा लघुवित्तको संस्थापक शेयर स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा घटाउने तथा सर्वसाधारणतर्फ ३० प्रतिशतबाट बढाएर ४९ बनाउने प्रस्ताव राखिएको छ ।
यस्तै प्रबन्धपत्र तथा नियमावली संसोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतको एजेण्डाहरु पनि सभामा रहेका छन् ।
मर्जर प्रकृया कारण लघुवित्तको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकाले सोभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम रहेका लगानीकर्ताले साधारण सभामा भाग लिन सक्नेछन् ।


जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

वि.सं.२०८२ वैशाख २५ बिहीवार १२:१८

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०६

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१...