back

छिमेक लघुवित्तको नाफा ५९ प्रतिशतले बढ्यो

nactional life

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा छिमेक लघुवित्तले ९५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा तुलनामा लघुवित्तको खुद नाफा ५९ दशमलव ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

तेस्रो त्रैमाससम्म आउँदा कम्पनीको चुक्ता पूँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब ९० करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्ममा २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० दशमलव ९० प्रतिशतले बढी हो। यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६७ दशमलव ४३ प्रतिशतले बढी हो ।

चैत मसान्तसम्ममा लघुवित्तको निष्कृय कर्जा अनुपात ० दशमलव ५५ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५० पैसाले बढेर ६९ रुपैयाँ ६५ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.५८ गुणा बढी छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...