back

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

nactional life

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा विवादको अवस्था चर्किँदै जाँदा त्यसको असर मुगुमा परेको छ ।

बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकाका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिका स्थानीयलाई सवारी आवतजावत र पूर्वाधार तथा विकास निर्माणका सामाग्रीहरू ढुवानीमा समस्या साथै रारा र हुम्ला, मुगु घुम्न आउने पर्यटहरुलाई पनि समस्या परेको छ ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको प्रहरी चौकी स्थापना गर्ने घटना सम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गते कर्णाली राजमार्ग (कोरिडोर) पूर्ण रूपमा बन्द गरिएको थियो ।

वैशाख ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबिच २४ घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो ।

तर, सहमति अनुसार मागहरू कार्यान्वयन नभएको र स्थानीय माथि भएका चोरी सिकारी लुटपाट तथा तोडफोड घटनाको निष्पक्ष छानबिन अघि नबढेको आरोप लगाइएको छ । घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरेको छ ।

विवादका कारण मुगुको सोरु र खत्याड गाउँपालिकाका स्थानीयलाई अन्तर जिल्ला पुग्न सवारी साधन आवतजावतमा समस्या, खाद्यान्न तरकारी सामग्री ढुवानी र मुगुका दुई स्थानीय सरकारका कामकाज विकास, असार महिनाको अन्तिम तिर पूर्वाधारका सामग्री ढुवानी तथा आयत निर्यात गर्न समस्या उत्पन्न भएको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार असार मसान्तको समय नजिकिँदै गर्दा आयोजनाका कार्यलाई सम्पन्न गर्न हार्डवेयरका सामानलगायत अन्य क्षेत्रका कोणबाट पनि समस्या भएको अध्यक्ष शाहीको भनाई छ ।

कर्णाली कोरिडोर बन्द भएसँगै बाजुरा–हुम्ला मात्रै नभएर मुगुलाई आवतजावतमा प्रभावित भएको छ । आन्दोलनरत पक्षले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई पीडितको न्यायका पक्षमा उभिन आग्रह गरेको छ ।

उता बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार प्रहरी चौकी स्थापना गर्न हुम्ला र बाजुराका स्थानीय बिच विवाद उत्पन्न भएको थियो ।

विवादकै बिच बाजुराका स्थानीयले कर्णाली कोरिडोर अनिश्चित कालिन बन्द भएको घटनाले नागरिकमा पर्न गएको समस्यालाई मध्यनजर गर्दै अन्य घटनाहरूको कानुनी प्रक्रिया भइरहेको छ भने सडक खुलाउने प्रक्रिया अगाडि बढेको बाजुराका सहायक प्रजिअ पुडासैनीको भनाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...