back

एक करोड सहयोगमा मन्त्री आलेले पठाएको स्वास्थ्य सामग्री डोटीमा

nactional life

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले डोटी स्वास्थ्य सामग्री पठाएका छन् । स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि उनले पठाएको स्वास्थ्य सामग्री जिल्लामा पुगिसकेको छ ।

सामग्रीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजरलगायत छन् । केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए।

उनले भने, “श्यया सरकारी अनुदानमा आएको छ, अन्य सम्पूर्ण स्वास्थ्य सामग्री मन्त्रीज्यूले किनेर पठाउनुभएको हो ।” जिल्लामा स्वास्थ्य सामग्री तथा श्यया अभावमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भइरहेका बेला मन्त्री आलेले स्वास्थ्य सामग्री पठाएपछि उपचारमा सहज हुने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए ।

उनले भने, “अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्री नहुँदा उपचारमा समस्या भएको थियो, मन्त्रीज्यूले स्वास्थ्य सामग्रीसहित श्यया उपलब्ध गराएपछि अब उपचार गर्न सहज हुनेछ ।” उनले पठाएका स्वास्थ्य सामग्री कम्तीमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ ।

यसैगरी मन्त्री आलेले सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीका लागि ५० थान भरिएका अक्सिजन सिलिण्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, स्यानिटाइजरलगायत सामग्रीसमेत उपलब्ध गराए । उनले पठाएका स्वास्थ्य सामग्री जिल्लाका नौवटै स्थानीय तहमा आजै वितरण गरिने कार्यक्रम तय भएको बताइएको छ ।

पछिल्लो समय जिल्लामा अभाव भएका औषधिसमेत मन्त्री आलेको लगानी तथा पहलमा उपलब्ध भएपछि उपचार गर्नमा धेरै सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए। मन्त्री आलेले जिल्लामा यसअघि पनि २२ थान अक्सिजनले भरिएका सिलिण्डर प्रदान गरेका थिए भने उनको पहलमा जिल्ला अस्पतालमा अक्सिजन पाइपलाइन तथा प्लान्ट (कारखाना) स्थापनाका लागि अर्थ मन्त्रालयले रु एक करोड ५० लाख बजेट विनियोजित गरेको थियो ।

यसैगरी कोरोना सङ्क्रमणका बिरामीलाई अक्सिजन तथा एचडियु श्यया अभावमा समस्या उत्पन्न भएपछि मन्त्री आलेका पहलमा पुनः अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा पाँच श्ययाकोे एचडियु विस्तार (जडान) का लागि रु ८० लाख बजेट विनियोजित गरेको थियो । जिल्लामा हालसम्म कम्तीमा पनि ६०० कोरोनाका सक्रिय सङ्क्रमित छन् भने कोरोनाले पाँचजनाको ज्यान गइसकेको छ ।

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...