back

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजका लागि देशका विभिन्न सहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज बिहान ८ः०० बजे जारी गरिएको विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने देखिएको छ ।

आज दिउँसोको अधिकतम तापक्रम हेर्दा दिपायल, धनगढी र नेपालगन्ज सबैभन्दा तातो हुने अनुमान गरिएको छ । यी सहरहरूको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने देखिएको छ । यस्तै, भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने प्रक्षेपण गरिएको छ ।

संघीय राजधानी काठमाडौँको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस बीच रहने छ भने न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने अनुमान छ । पहाडी भेगका अन्य सहरहरू जस्तै पोखरामा २९–३१ डिग्री, धनकुटामा २८–३० डिग्री र ओखलढुङ्गामा २५–२७ डिग्री सेल्सियस तापक्रम रहने देखिन्छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा भने मौसम निकै चिसो रहने छ । जोमसोमको न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस सम्म झर्ने पूर्वानुमान गरिएको छ । जिरी र जुम्लामा पनि न्यूनतम तापक्रम क्रमशः १०–१२ र ६–८ डिग्री सेल्सियस रहने देखिन्छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन र प्रशस्त पानी पिउन सुझाव दिएका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

वि.सं.२०८१ फागुन २२ बिहीवार १७:४४

महोत्तरी- आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं....

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो जानकारी होस् : सांसद सिंह

वि.सं.२०८१ फागुन १२ सोमवार १७:०९

काठमाडौं - स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ...

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

वि.सं.२०८१ फागुन ६ मंगलवार १०:१४

काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...