back

मितेरी डेभलपमेण्ट बैंकद्वारा बोनस शेयर वितरण

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकले यस वर्षका लागि पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

कम्पनीले गत पुस २८ गते १६औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित भएको थियो ।

फागुन ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कम्पनीले उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले पुस १४ गतेसम्म आफ््नो शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको जानकारी दिएको हो ।

त्यसपछि शेयर अभौतिभीकरण गराउँने सदस्यहरुको हकमा क्रमश बोनस शेयर जम्मा गरिने समेत कम्पनीको भनाई छ ।

कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश समेत दिएकाले सदस्यहरुले कर वापतको रकम तिर्नुपर्नेछैन् ।

यस वर्ष गत वर्षभन्दा कम्पनीले १ दशमलव ७९ प्रतिशत कम लाभांश वितरण गरेको हो । गत वर्र्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्र्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो ।

बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज...

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

वि.सं.२०८२ चैत २५ बुधवार १५:४१

काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ...

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...