back

बाथ रोग, यसका प्रकारहरु र उपचार पद्धती, डा. शर्मा

nactional life

बाथ रोग भनेको शरीरका कुनैपनि जोर्नी दुख्ने, सुन्निने, सुजन हुने, रातो /तातो हुने, जोर्नी चलाउन गार्हो हुने, कक्रक्क पर्ने अथवा मेरुदण्ड –  ढाड दुख्ने / कक्रक्क पर्ने अवस्थालाई बुझ्ने गरिन्छ । बास्तबमा सबै रयूमटिक समस्याहरुलाई बाथ रोग भन्ने बुझिन्छ ।यी रोगहरु (रयूमटिक समस्याहरु) धेरै प्रकारका छन् (करिब २०० प्रकारका)। यिनले धेरै मानिसहरुमा जोर्नी भन्दा बाहिर, शरीरका अन्य भागहरु (जस्तै छाला, आँखा, मृगौला, मांसपेशी, रक्त र कहिले–काही फोक्सो र मुटु) मा पनि असर गर्न सक्दछन । बेलैमा उपचार नगरे जोर्नीहरु /ढाडको आकार बिग्रने तथा माथि उल्लेखित अंगहरुमा पनि नराम्रो असर गर्न सक्ने हुन्छ ।

बाथ रोगबाट अनुमानित २०–२५% जनमानस आक्रान्त हुने पाइएको छ । नेपालमा पछिल्लो समयमा बाथ रोगका बिरामीहरुको उपचारमा केहि सुधार देखिएता पनि नेपालको भौगोलिक र आर्थिक परिवेश तथा विशेषज्ञको कमिले गर्दा अहिलेसम्म पनि धेरै बिरामीहरुले राम्रो सुबिधा पाउन सकेका छैनन्। विशेषगरी उचित परिक्षणको अभावले गर्दा समयमै रोगको निदान /परिचय र उचित उपचारको कमि लगायतका समस्याहरु विशेषज्ञताको सुबिधा नभएको नेपालका सबै ठाउँमा भोग्नु परिराखेको छ ।

हाम्रो शरीरमा हुने धेरै सिस्टमहरु मध्येको एक इम्मयुन सिस्टम हो । यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता सिस्टमको रुपमा पनि चिनिने गरिन्छ । कहिलेकाही आफ्नै शरीरका कोशाणुहरुले यो सिस्टमको बिरुद्धमा आक्रमण गर्न सक्दछन । यसरी हुने रोगहरुको समूहलाई स्वतः प्रतिरक्षा रोग अथवा अटो–इम्मयुन डिसअर्डर भनिन्छ । रयूमटिक समस्याहरु पनि यिनै रोगहरुको समूह भित्र पर्दछन् ।रयूमटिक समस्याहरुहरु धेरै प्रकारका हुन्छन ्। ति मध्ये प्राय जसो देखिने प्रकारहरु तल उल्लेखित छन् ।

¥युमाटोईड आरथ्राइटिस/गठिया बाथ
गठिया बाथले सबै उमेरका मानिसहरुलाई आक्रान्त पार्न सक्ने हुन्छ । खासगरी यस किसिमको बाथले पुरुषहरुमा भन्दा बढी महिलाहरुमा पाइने गरिन्छ । हात खुट्टाका सबै जोर्नीहरुमा असर गर्न सक्ने भएपनि यस किसिमको बाथको सुरुवाती लक्षण प्रायजसो हात, घुँडा र नाडिको जोर्नीहरुबाट देखिने गरिन्छ ।

कहिलेकाँही घाँटीको जोर्नीमा पनि यसले असर गर्न सक्दछ । दुखाइ रातीको बेलामा अलि बढी हुने र विहान जोर्नीहरु कक्रक्क पर्ने लगायत समस्याहरु देखिन सक्छ । समयमै उपचार नगरे हात खुट्टाको जोर्नीहरुको आकार विग्रदै जाने र कुँजो हुनसक्ने सम्भावना रहन्छ । यसले जोर्नीहरु बाहेक शरिरका अन्य भागहरुमा पनि असर गर्न सक्दछ ।

युरिक एसिडको बाथ/गाउट
नेपाली समाजमा प्रायजसो देखिने युरिक एसिडको बाथ पुरुषहरुमा बढी देखिने गरिन्छ । युरिक एसिड जोर्नीहरुमा जम्मा भएर यो बाथका लक्ष्यणहरु देखिने हो । र, ९० प्रतिशत मानिसहरुमा सुरुवाती लक्षण खुट्टाको बुढी औंलाबाट पाइने गरिन्छ । बुढी औंला बाहेक अरु जुनसुकै जोर्नीमा पनि यसले असर गर्न सक्दछ। वस्तम्बमा युरिक एसिड शरिरका जुनसुकै भागमा पनि जमेर बस्न सक्दछ । र, जोर्नीमा यसको दुखाइ असाध्यै नराम्रो हुन्छ । यो दुखाइको आक्रमण केहि दिनपछि आफै हराएर जाने गर्दछ (औषधी खाएर अथवा आफै ) तर केही समय (दिन, हप्ता, महिना र कहिलेकाँही बर्ष) पछि बल्झिने पाइएको छ । दुइ आक्रमण बीचको समयमा भने कुनैपनि लक्षणहरु नदेखिन पनि सक्छ ।

जोर्नीहरु बाहेक युरिक एसिड जमेर बस्न सक्ने शरिरका अरु भागहरु मृगौला, मांशपेसी, छाला इत्यादी हुन् । मृगौलामा पथ्थरी भएर कहिलेकाही अंगघातक पनि हुन सक्दछ । युरिक एसिडको बाथको समयमै उपचार नगरे जोर्नीका आकारहरु बिग्रदै जाने, दुखाइको गम्भीरता र बारम्बारिता बढ्दै जाने र मृगौलामा दिर्घकालिन समस्या देखापर्ने लगायतका समस्याहरु हुन सक्दछ । यसको उपचारको ठुुलो अंश खानपीनमा सन्तुलन तथा नियमित शारिरिक व्यापाम रहेको छ । त्यसैगरी औषधीको भुमिका पनि उल्लेखनीय छ ।

ढाडको बाथ
प्रायजसो कम उमेरका पुरुषहरुलाई आक्रान्त गर्ने ढाडको बाथ रोगहरुको समुहमा मेरुदण्ड, हात खुट्टाका जोर्नीहरु अथवा दुबैका लक्ष्यणहरु हुन सक्दछ । स्पोन्डाय्लो आरथ्राइटिस् अन्र्तगत एन्काइलोजीङ स्पोण्डाइलाइटिस, रिएक्टिभ आरथ्रराइटिस्,सोरियाटिक आरथ्रराइटिस् जस्ता बाथहरु पर्दछन् ।

यस समुहका बाथ रोगहरुमा ढाड र जोर्नीहरु बाहेक शरिरका अन्य भागहरु जस्तै आँखा, छाला, योनि, आन्द्रा, फोक्सो लगायतका अन्य भागहरु पनि आक्रान्त हुन सक्दछन् । सोरियाटिक आरथ्रराइटिस् भन्ने बाथ प्रायजसो छालाको कत्ले रोगसँग सम्बन्धित हुन्छ । रिएक्टिभ आरथ्रराइटिस्मा हात खुट्टाको छालामा फोका आउने, रातो हुने, योनिमा घाउ हुने, लगायत समस्याहरु देखिन सक्छन् । उपचारमा एउटा ठुलो अंश नियमित शारिरीक ब्यायामका साथै औषधिको पनि भुमिका उल्लेखनीय हुन्छ ।

ओस्टियोआरथ्राइटिस/जोर्नी खिइने बाथ
उमेर बढ्दै जाँदा यस खालको बाथ हुने सम्भावना रहन्छ । ५०–५५ बर्षको उमेरपछी र महिलाहरुमा धेरै देखिने यो बाथ रोगमा प्रायजसो घुँडा दुख्ने समस्या हुन्छ । घुँडा बाहेक हातका जोर्नीहरु र मेरुदण्डमा पनि यस रोगले असर गर्न सक्दछ ।

यस बाथका कारणहरुमा ५० भन्दा बढी उमेर, पछिल्लो समयमा जोर्नीमा लागेको चोटपटक, मोटोपना, अत्याधिक कोलेस्ट्रोल, थाइराइडको समस्या इत्यादी पर्दछन् । उपचारमा औषधी भन्दा धेरै जीवनयापनको केही नियमको धेरै भुमिका रहेको छ ।

लुपस
लुपस गर्भ निर्धारण योग्य उमेरका महिलाहरुमा देखिने एक दिर्घकालिन रोग हो । शरीरका कुनैपनि जोर्नीमा आक्रान्त गर्नुका साथै यस रोगमा छाला, आँखा, मांशपेशी, मृगौला, पेट, मस्तिष्क, रगत, फोक्सो तथा शरीरको अन्य अंगमा पनि यसको असर देखिन सक्छ ।

सुरुवाती लक्ष्यणहरुमा जोर्नी दुख्ने, अनुहारमा पुतली आकारको दाग आउने, चाँया र पोतो आउने, घाममा निस्कदा छाला रातो हुने, स्या स्या हुने, टाउको दुख्ने, जिउ गल्ने इत्यादी समस्याहरु देख्न सकिन्छ । उपचारमा सामान्य जिवनयापनका केही नियमहरु, घामबाट जोगिने, ब्यायाम र दिर्घ दिनसम्म खाइराख्नु पर्ने केही औषधीहरु पर्दछन् ।

रक्त नलीको बाथ
भसकुलाइटिस् अन्र्तगत धेरै किसिमका बाथहरु पर्दछन् । रगतका नालिहरु सुन्निने, सुजन हुने र त्यसबाट हुने लक्षणहरु देखिने यस रोगका विशेषता हुन् । जोर्नी दुख्ने सँगसँगै छालामा दाग आउने, मृगौला, आँखदा, फोक्सो, मुटु, मस्तिष्क र स्नायुमा समस्या देखिने लगायतका समस्याहरु यस रोगमा देख्न सकिन्छ ।

चिसो पानीमा हात डुबाउँदा, फ्रिजमा हात लैजादा औलाका रगंहरु क्रमबध रुपमा सेतो, निलो अनि रातो हुने पनि यो रोगमा देख्न सकिन्छ । उपचारमा जिवनशैलीमा केही परिवर्तन र औषधीहरुको सहयोग लिन सकिन्छ । यो रोग धेरै विग्रेको खण्डमा अस्पतालमा भर्ना भइ उपचार गर्नुपर्ने हुन्छ । यसरी बाथ रोग अनेकन किसिमका हुन्छन् । जसको समष्टी चर्चा सानो लेखमा सम्भव नै हुदैन । त्यसैले बाथ रोगका कुनैपनि लक्ष्यण देखिने वित्तिकै विशेषज्ञ डाक्टरको गइ देखाइहाल्नु राम्रो हुन्छ ।(डा शर्मा सिटि स्पेशियालिटी हेल्थ क्लिनिक सातदोबाटोमा कार्यरत हुनुहुन्छ )

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२१

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...