back

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट : नतिजा ४ तरिकाबाट हेर्नुहोस

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ आज मंगलबार बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज मंगलबार बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका लघुवित्तको आईपीओमा २५ लाख २७ हजार १०१ जना आवेदकले २ करोड ८७ लाख ८१ हजार ५२० कित्ता शेयरको लागि २ अर्ब ८७ करोड ८१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो भने जसमा ४ हजार ११४ जनाको आवेदन विभिन्न कारण रद्द भएको थियो।

२५ लाख २२ हजार ९५५ जना योग्य आवेदकले २ करोड ८७ लाख ३४ हजार १० कित्ता योग्य रहेका छन् । योग्य आवेदकलाई १० कित्ताका दरले बाडफाट गर्दा ७७ हजार ४५६ जनाले आईपीओ पाएका छन् ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । जसमा ३ कित्ता बाँकि रहेको छ । थप ३ जनाले भने ११ कित्ता पाएका छन् ।

लघुवित्तले फागुन ११ गते बुधबारदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिन्छ ।
ग्लोबल आइएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्व लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...