back

नर्भिकको सेवा थप डिजीटाइज्ड, अब क्यूआरकोड स्क्यान गरे सबै सूचना पाइने

काठमाडौं । स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ ।

नर्भिक अस्पतालले यहाँ उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक सबै जानकारी लिनसक्ने विशेषतासहितको नवीन सेवा सुरु गरेको हो ।

 

यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिन्छ ।

यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपिडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्न स्क्रोल गरिरहनुपर्दैन । ओपिडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ । सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ ।

नर्भिकमा उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ । यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ ।

यस्तै, नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीको आवश्यकता पर्नेले समेत वेबसाइटमा अलमलिनरहनु पर्नेछैन, सोझै क्यूआर कोड गरे पुग्ने फिचर थपिएको छ ।

कोही कसैलाई नर्भिक अस्पतालको विषयमा विवरण चाहिएमा, सम्पर्क नम्बर, ठेगाना वा यस्तै सामान्य जानकारी चाहिएमा वेबसाइट भिजिट गरिरहनुपर्दैन । त्यस्ता व्यक्तिका लागि समेत क्यूआर कोड स्क्यानको सुविधा दिइएको छ । क्यूआरकोड स्क्यान गर्नेबित्तिकै अस्पतालको ओभरभ्यू पढ्न पाइनेछ ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए । ‘सबै सूचना यसअघि पनि वेबसाइटमा अपलोड नै थियो । तर क्यूआर कोडले वेबसाइट स्क्रोल गर्नुपर्ने बाध्यता हट्यो । सर्टकर्ट बाटो क्रिएट गरिएको मात्र हो ।’ उनले भने, ‘यसबाहेक नर्भिकले विगतदेखि नै क्यूआर कोड स्क्यान गरेर अस्पतालको बिल तिर्न सकिने सुविधा समेत उपलब्ध गराइरहेकै छ ।’

क्यूआर कोडको फिचर थपिएपछि सूचना चाहने सेवाग्राहीको समयको बचत हुने र सर्टकर्ट विकल्प उपलब्ध हुने भएका कारण सेवा लिनेका लागि सहजता हुने समेत उनको भनाई छ ।

nactional life
Corporatebazar 11 Anniversary

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०४

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध...

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:३६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर...

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:२९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आगामी जेठ...