त्रिवेणी व्यापार कम्पनीको आधिकारिक बिक्रेताहरुको डिलर मिट सम्पन्न

वि.सं.२०७८ फागुन २४ मंगलवार

काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीले बिक्री वितरण गर्दै आयको आफ्नो साना घरायसी सामानको बिक्री बितरण गर्ने आधिकारिक बिक्रेताहरुको बिक्रेता मिट (डिलरमिट) सम्पन्न गरेको छ ।
त्रिवेणी व्यापार कम्पनीले आफ्ना नेपालभरि रहेका आधिकारकि बिक्रेताहरुलाई उत्साहित गर्ने र बिक्रीबितरणमा आएको समस्या समाधान गर्ने उद्देश्यले शुक्रबार काठमाडौमा आधिकारिक बिक्रेताहरुको डिलर मिट आयोजना गरेको हो ।
कार्यक्रममा डिलरहरुलाई कम्पनीको तर्फबाट त्रिवेणी व्यापार कम्पनीका महाप्रबन्धक जितेन्द्र सिंहले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । साथै कम्पनीको आगामी ब्यापार प्रवद्र्धन योजनाको बारेमा जानकारी गराउन भयो । सिंहका अनुसार आगामी दिनमा अझै नयाँ प्रोडक्ट र टेक्नोलोजीका साथ कम्पनी प्रस्तुत हुने जानकारी
दिए ।
उक्त कार्यक्रममा विशेष अतिथि त्रिवेणी व्यापार कम्पनीका निर्देशक शैलेस सिंघाईले त्रिवेणी व्यापार कम्पनीले बिक्रीबितरण गदै आएको गुणस्तरीय घरायसी समानहरुको बिक्रीबितरणमा डिलर्सहरुको महत्वपुर्ण भुमिका रहेको र त्रिवेणी ग्रुप अन्तर्गतका ब्राण्डहरुको सामान गुणस्तरका हिसाबले परिपक्व हुने भएका कारण त्रिवेणीप्रति बजारमा व्यवसायीक विश्वास बढ्दै गएको कुरामा जोड दिए ।
साथै उक्त कार्यक्रममा कम्पनीले यासुदा ब्राण्ड नेपालको नम्बर १ साना घरायसी ब्राण्डको रुपमा स्थापित भएको जानकारी गराउँदै सम्पूर्ण ग्राहक तथा डिलरहरुलाई धन्यवाद र ब्राण्डप्रतिको विश्वासको लागि व्यक्त गरेका थिए ।

प्रकाशित समय : १६:२३ बजे