६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै
वि.सं.२०८१ माघ ४ शुक्रवार
काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार बागमती प्रदेश सरकारको पुस महिनासम्ममा कूल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको हो ।
चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख ९ हजार खर्च भएको छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ ।
यो अवधिमा सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १२:२९ बजे





















