back

डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप सम्पन्न

काठमाडौं । ललितपुरस्थित डीएभी कलेजले तेस्रो बीसीए अन्तर-कलेज फुटसल कप पुष २९ देखि माघ २ गतेसम्म भव्य रूपमा सम्पन्न भएको छ ।

उद्घाटन सत्रमा सहभागी कलेजहरूका प्रतिनिधि शिक्षक र कर्मचारीहरूसमेत उपस्थित भई खेलमा थप रौनकता प्रदान गरेका थिए । बीसीए कलेजहरू बीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संकरण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ ।

यस वर्ष नागार्जुन कलेजले डीएभी बीसीए अन्तर-कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्‍यो । प्रथम विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्री र्‍याफ्टिङ प्याकेज प्रदान गर्‍यो । त्यसैगरी, रनर-अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रूपैयाँसहित रनर-अप ट्रफी हात पार्‍यो ।

उक्त प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए ।

टुर्नामेन्टको उद्घघाटन सत्रमा, लुम्बिनी बुटवलका स्ट्राइकर जिलेस्पी जङ्ग कार्की, डीएभी कलेजका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायका सहायक डिन चिरञ्जीवी आचार्य, डीएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोजकुमार चौधरी, शिलापत्र डटकमका अध्यक्ष विनय खकुरेल, त्रिशुली भिल्लाका जनरल म्यानेजर सन्देश दवाडी र बीसीए कलेजका एकेडेमिक हेड शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरूलाई हौषला प्रदान गरेका थिए ।

विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरीट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडियालगायत कलेजका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र मधुकर आचार्यको योगदान रहेको थियो ।

टुर्नामेन्ट अवधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरू गरी करिब पाँच हजार दर्शकहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता डीएभी इभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा सञ्चालन गरिएको हो ।

टुर्नामेन्टको सञ्चालन विभागीय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र रहिता शाक्य, भाइसप्रेसीडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए ।

डीएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागीता रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

८०० रुपैयाँले घट्यो सुनको मूल्य

८०० रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख ९ बुधवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ...

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५०

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:१८

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर...