निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?
वि.सं.२०८१ माघ ४ शुक्रवार
काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ बढिको लगानी गरेका छन् । निर्माण क्षेत्रमा बैंकहरूले ३.८५ प्रतिशत कर्जा प्रवाह बढाएका हुन्।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार मंसिर मसान्तसम्म २० वाणिज्य बैंकहरूले कूल १ खर्ब ९१ अर्ब २० करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन्। गत आवको सोही अवधिमा भने बैंकहरुको १ खर्ब ८४ अर्ब १० करोड ८ लाख रुपैयाँ लगानी भएको थियो।
निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा नबिल बैंक अगाडि रहेको छ। बैंकले यस क्षेत्रमा २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १८.१९ प्रतिशतले वृद्धि हो।
यस्तै, लक्ष्मी सनराइज बैंकले १८ अर्ब ५५ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको गत वर्षको तुलनामा यो अवधिमा ३७.६ प्रतिशतले कमी भएको छ।
त्यसैगरी, प्रभू बैंकले १४ अर्ब १७ करोड ४९ लाख, कृषि विकास बैंकले १२ अर्ब ६३ करोड २० लाख, प्राइम बैंकले ११ अर्ब ९४ करोड ६३ लाख, र सिटिजन्स बैंकले ११ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
निर्माण सामग्री उद्योग, ठूला परियोजना, र साना निर्माण व्यवसायहरूलाई कर्जा प्रवाहमा प्राथमिकता दिने बैंकहरूको रणनीति सकारात्मक संकेतका रूपमा हेरिएको छ।
प्रकाशित समय : १२:४१ बजे





















