back

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोन आयातको ग्राफ निकै माथि देखिएको छ । विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।

उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यस वर्ष स्मार्टफोन आयातको संख्यामा करिब ९० हजार थानले वृद्धि भएको छ भने मूल्यका आधारमा झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।
तथ्यांकलाई हेर्दा नेपाली बजारमा महँगा र आधुनिक स्मार्टफोनको माग बढ्दै गएको देखिन्छ ।

सरकारले विलासिताका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटेसँगै र बजारमा नयाँ मोडलका फोनहरूको उपलब्धता बढेसँगै स्मार्टफोन आयातको तथ्यांक उकालो लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२१

काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा...

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १७:३९

काठमाडौं । नेपाल एओटीएस एलुम्नाइ समाजका अध्यक्ष किशोरभक्त माथेमाले नेपाल–जापान...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...