back

आरएसडिसी लघुवित्तको वित्तीय विवरण सार्वजनीक, नाफामा सामान्य सुधार

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक गरेको छव । समिक्षा अवधिमा लघुवित्तले अघिल्लो वर्षको तुलनामा १५.४५ प्रतिशतले नाफा बढाएको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छभने अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा रकम ७ करोड ८८ लाख रुपैयाँमात्र रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १८.४७ प्रतिशतले बढेर १२ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १० करोड ५१ लाख रुपैयाँमा सीमित थियो।

यसैगरी संस्थाको खुद ब्याज आम्दानीमा पनि अघिल्ला वर्षको तुलनामा १५.४० प्रतिशतले वृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाले १६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्षको समिक्षा अवधिमा १४ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब ७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष २ अर्ब ६० करोड रुपैयाँ सापटी लिई २ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ४.६४ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष १४ करोड ६६ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ७३ करोड १९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १२.४४ रुपैयाँ पुगेको छ। पीई रेसियो ६९.६८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.९६ रुपैयाँ रहेको छ।

२०७८ साउन १८ गते प्रकाशित


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...