back

मेरो माइक्रोफाइनान्सको नाफामा छलाङ, १४५.५१ प्रतिशतले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमासमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तिय प्रगतिमा छलाङ आएको छ ।
कम्पनीले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १४५.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १८ करोड २१ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १०२.५२ प्रतिशतले बढेर ५९ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २९ करोड १५ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी ९० करोड १० लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा ७२.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड २४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले १० अर्ब ५ करोड रुपैयाँ सापटी लिई १३ अर्ब ६४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ७७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार २०१.९७ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष २० करोड ९० लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ६३ करोड १२ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४७.७२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १८.२२ रुपैयाँ रहेको थियो।

पीई रेसियो ३४.५७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६३.१२ रुपैयाँ रहेको छ।

२०७८ साउन १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...