back

मेरो माइक्रोफाइनान्सको नाफामा छलाङ, १४५.५१ प्रतिशतले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमासमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तिय प्रगतिमा छलाङ आएको छ ।
कम्पनीले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १४५.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १८ करोड २१ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १०२.५२ प्रतिशतले बढेर ५९ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २९ करोड १५ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी ९० करोड १० लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा ७२.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड २४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले १० अर्ब ५ करोड रुपैयाँ सापटी लिई १३ अर्ब ६४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ७७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार २०१.९७ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष २० करोड ९० लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ६३ करोड १२ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४७.७२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १८.२२ रुपैयाँ रहेको थियो।

पीई रेसियो ३४.५७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६३.१२ रुपैयाँ रहेको छ।

२०७८ साउन १८ गते प्रकाशित


अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...

ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ १६ बुधवार ११:४७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक...

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १४ सोमवार १३:०९

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको...