back

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

अतिक्रमित भूमिमा एकपक्षीय गतिविधि नगर्न छिमेकीहरूलाई सचेत; सुगौली सन्धि र ऐतिहासिक तथ्यका आधारमा सीमा समस्या समाधान गर्न जोड

nactional life

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि छिमेकी मुलुकहरूबाट हुँदै आएको अतिक्रमण र एकपक्षीय गतिविधिप्रति नवनिर्वाचित बालेन शाह नेतृत्वको सरकारले कडा अडान सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयले आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको ‘कैलाश मानसरोवर यात्रा’ र व्यापारिक रुटबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार, नेपालको सहमति बिना नेपाली भू-भाग प्रयोग गरी गरिने कुनै पनि क्रियाकलाप मान्य नहुने भन्दै काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासमार्फत दुवै देशलाई कूटनीतिक नोट पठाइएको छ।

ऐतिहासिक तथ्य र स्पष्ट अडान

सरकारले सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अंग रहेको तथ्यमा नेपाल सरकार ‘पूर्णतः स्पष्ट र अडिग’ रहेको पुन: दोहोर्‍याएको छ।

विज्ञप्तिमा भनिएको छ:

“नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ।”

अघिल्ला सरकारको निरन्तरता र थप सक्रियता

सन् १९६२ को चीन-भारत युद्धताका देखि नै दक्षिणी छिमेकी भारतको सैन्य उपस्थिति र पछिल्ला वर्षहरूमा सोही रुटमार्फत चीन र भारतबीच व्यापार तथा तीर्थयात्रा चलाउने सहमतिको नेपालले लगातार विरोध गर्दै आएको थियो। बालेन शाह नेतृत्वको वर्तमान सरकारले अघिल्ला सरकारहरूले राख्दै आएका यी गम्भीर सरोकारलाई निरन्तरता दिँदै यसपटक थप सक्रियता देखाएको हो।

यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको मन्त्रालयले स्मरण गराएको छ।

चीनलाई पनि आधिकारिक जानकारी

लिपुलेक क्षेत्रमा चीन र भारतबीच हुने द्विपक्षीय व्यापारिक सम्झौतामा नेपाललाई बाहिर राखिएकोमा नेपालले असन्तुष्टि जनाउँदै आएको छ। आजको विज्ञप्तिमा सरकारले लिपुलेक क्षेत्र नेपाली भू-भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको स्पष्ट पारेको छ।

कूटनीतिक समाधानको बाटो

बालेन सरकारले नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि-सम्झौता, तथ्य र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सधैँ प्रतिबद्ध रहेको जनाएको छ।

प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको छोटो समयमै शाहले सीमा जस्तो संवेदनशील विषयमा देखाएको यो सक्रियतालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। यसअघि काठमाडौंको मेयर हुँदा पनि उनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर राष्ट्रवादी छवि बनाएका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

वि.सं.२०८३ असार ४ बिहीवार ११:२५

काठमाडौँ । पियोर इनर्जी लिमिटेडका ६४ लाख कित्ता शेयरलाई समान...

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

वि.सं.२०८३ असार ४ बिहीवार १०:५५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने...

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

वि.सं.२०८३ असार ४ बिहीवार १०:५३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल...

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

वि.सं.२०८३ असार ४ बिहीवार १०:५१

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा...

अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

वि.सं.२०८३ असार ४ बिहीवार १०:४६

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य...

फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

वि.सं.२०८३ असार ४ बिहीवार १०:४४

काठमाडौं । कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप...