back
himalayan life

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक

काठमाडौँ । फोर्ड नेपालले ६ स्पिड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ।

ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर उपयुक्त मूल्यमा उत्कृष्ट प्रदर्शनीसहितको उत्पादन बिक्री गर्दै आएको फोर्ड नेपालले फिगो शृंखलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो। जसमा फोर्ड फिगो टाइटेनियमको मूल्य रु। ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार निर्धारण गरिएको छ।

नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तकसहितको अटोमेटिक ट्रान्सिमिसनको ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण हुन्। जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिन जसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्त बीएस ६ सँग जोडिएको छ।
२०२१ को संस्करणको फिगो पेट्रोल अटोमेटिक इन्जिनका साथ टाइटेनियम र टाइटेनियम प्लस भेरियन्टमा उपलब्ध छ। टाइटेनियममा १५ इन्च आलुमुनिय र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडशेट, ७।० इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन्।

यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रोक्रोमिक आइआरभीएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर रहेका छन्।

‘फोर्ड ग्राहकको सेवाका लागि सधैँ प्रतिबद्ध छ र बहुबजारमा स्वचालित टेक्नोलोजी पेस गर्नमा गर्व गर्दछ,’ भारतका लागि फोर्डको बिक्री तथा सेवा बजार प्रवन्धक विनय रैनाले भने, ‘अतुलनीय प्रदर्शन, सुरक्षा, उत्कृष्ट प्रविधका साथ सेग्मेन्ट आधार कनेक्टिभिटीमा सधैँ गम्भीर रहने गरेकोमा फिगो टाइटेनियमले एएमटी त्यति मन नपराउने नयाँ खरिदकर्ताका माझ उत्कृष्ट प्रदर्शनी गर्नेमा हामी ढुक्क छौँ।’

अधिकतम छनोट सुविधा र औचित्य वृद्धिका साथ फिगो एटीले सर्वश्रेष्ठ औद्योगिक विशेषता प्रदान गरेको छ। जस्तै–

वर्षा सेन्सर वाइपर, अधिक सुविधाका लागि इलेक्ट्रोक्रोमिक आइआरभीएम
उत्कृष्ट सुविधाका लागि ७।० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणली
साइड कर्टेन एयरब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा
डाइमन ह्वाइट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाईट गोल्ड कलरहरुमा उपलब्ध छ।

उन्नत संस्करणमा फोर्ड फिगो मारुती सुजुकी, ह्युन्डाई ग्रान्ड आई १० एनआईओएस, ह्युन्डाई आई २० र फक्सवागन पोलो ह्याचब्याकको प्रतिस्पर्धीका रुपमा बजारमा उतारिएको छ।

भर्खरै सार्वजनिक फिगो आईटी शृंखलाका २०२१ मा फोर्डले बेजोड सुरक्षा, कनेक्टिभिटी र सुविधालाई मुख्य प्राथमिकतामा राखेर निर्माण गरिएको छ।
२०७८ साउन १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...