नबिल बैंकले ल्यायो ‘ढुक्क र दङ्ग’ अफर
वि.सं.२०७८ वैशाख १ बुधवार
काठमाडौँ – नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’अफर ल्याएको छ ।
यस अफरअन्तर्गत नबिल बैंकले नबिल आइ कार्ड र नबिल क्रेडिट कार्डको सुविधालिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त छुट अफर २०७८ बैशाख महिनाभरी रहने हुनेले नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले नबिल आइ कार्ड र नबिल क्रेडिट कार्ड जारी गरी अफरको लाभ लिन सक्नेछन् ।
प्रकाशित समय : १३:०० बजे