back
himalayan life

मिर्मिरे लघुवित्तले विपन्न बालबालिकालाई सहयोग

काठमाडौँ  – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली लम्किचुहा–८, बचैलास्थित कालिका प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुको शैक्षिक सामग्री सहयोगार्थ पचास हजार रुपैयाँ उपलब्ध गराएको छ ।

कालिका प्राथमिक विद्यालय, बचैला को प्राङ्गणमा नव–निर्मित बालबालिकाको प्रतिभा प्रस्फुटन मंचको समुद्घाटन तथा नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रमबीच वित्तीय संस्थाका प्रतिनिधिले सहयोग स्वरुपको रकम बराबरको चेक औपचारिक रुपमा विद्यालय व्यवस्थापन परिवारलाई हस्तान्तरण गरेका हुन् ।

लम्किचुहा–१० पिपरौवा निवासी सुदूरपश्चिम प्रदेशका सुप्रसिद्ध युवा व्यवसायी व्यक्तित्व जय बागेश्वरी आयल स्टोर्स एवं रामारोशन इट्टा उद्योगका प्रोपाइटर मिर्मिरे लघुवित्त संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले विद्यालय परिसरमा निजिस्तरबाट सहयोग गरि मंच निर्माणगरि दिएका थिए, उक्त मंचको समुद्घाटन कार्यक्रमबीच वित्तीय संस्था प्रदत्त सहयोग राशिको औपचारिक हस्तान्तरण, विविध सास्कृतिक कार्यक्रमको साथमा नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान सम्पन्न गरिएको साथै कालिका विद्यालयको भवन निर्माणमा बिगतमा वित्तीय संस्थाका अध्यक्ष बोहराले पुर्याउनु भएको सहयोगको समेत स्मरण गर्दै विद्यालयका प्रधानाध्यापक गोपाल वि.क ले बोहराप्रति विद्यालय परिवार कृतज्ञ रहेको बताउँदै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

हाल उक्त विद्यालयमा २०६ विद्यार्थी अध्यानरत रहेका छन् ।कार्यक्रममा मिर्मिरे लघुवित्तका क्षेत्रीय प्रबन्धक वेद प्रकाश आचार्यले नव निर्मित मंचको रिवन काटेर समुद्घाटन गर्नुका साथै सहयोग राशिको चेक हस्तान्तरण गर्दै मिर्मिरे लघुवित्तको देशभर सातै प्रदेशमा दह्रो उपस्थिति रहेको र वित्तीय संस्थाले विपन्न वर्गको सर्वोपरी हितमा कार्य गर्दै आइरहेको बताउँदै, राजधानीमा भब्य दरबार हाइस्कुल बनिसकेको परिप्रेक्षमा कैलालीको बचैलामा गिट्टी बालुवा चालेर जीवन यापन गरिरहेका अति विपन्न अविभावकको बाल बालिका पढ्ने विद्यालयतर्फ ध्यान पुर्याउन किन नसकेको होला भन्दै नसकेकोमा स्थानीय सरकार तथा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

विद्यालयको न्युनतम भौतिक पूर्वाधार निर्माणमा गहकिलो बजेट व्यवस्थापन गरिदिन स्थानीय निकायलाई अपिल समेत गर्दै मिर्मिरे लघुवित्तले दर्जनौ असाहय सडक मानवको सेवामा बर्षेनी देशभर विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न गर्दै आएको र आगामी दिनहरुमा ‘एक घर(एक मिर्मिरे सदस्य’ अभियान मार्फत सेवा प्रवाह गर्ने वित्तीय संस्थाको योजना समेत सार्वजनिक गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...