back

मिर्मिरे लघुवित्तले विपन्न बालबालिकालाई सहयोग

काठमाडौँ  – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली लम्किचुहा–८, बचैलास्थित कालिका प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुको शैक्षिक सामग्री सहयोगार्थ पचास हजार रुपैयाँ उपलब्ध गराएको छ ।

कालिका प्राथमिक विद्यालय, बचैला को प्राङ्गणमा नव–निर्मित बालबालिकाको प्रतिभा प्रस्फुटन मंचको समुद्घाटन तथा नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रमबीच वित्तीय संस्थाका प्रतिनिधिले सहयोग स्वरुपको रकम बराबरको चेक औपचारिक रुपमा विद्यालय व्यवस्थापन परिवारलाई हस्तान्तरण गरेका हुन् ।

लम्किचुहा–१० पिपरौवा निवासी सुदूरपश्चिम प्रदेशका सुप्रसिद्ध युवा व्यवसायी व्यक्तित्व जय बागेश्वरी आयल स्टोर्स एवं रामारोशन इट्टा उद्योगका प्रोपाइटर मिर्मिरे लघुवित्त संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले विद्यालय परिसरमा निजिस्तरबाट सहयोग गरि मंच निर्माणगरि दिएका थिए, उक्त मंचको समुद्घाटन कार्यक्रमबीच वित्तीय संस्था प्रदत्त सहयोग राशिको औपचारिक हस्तान्तरण, विविध सास्कृतिक कार्यक्रमको साथमा नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान सम्पन्न गरिएको साथै कालिका विद्यालयको भवन निर्माणमा बिगतमा वित्तीय संस्थाका अध्यक्ष बोहराले पुर्याउनु भएको सहयोगको समेत स्मरण गर्दै विद्यालयका प्रधानाध्यापक गोपाल वि.क ले बोहराप्रति विद्यालय परिवार कृतज्ञ रहेको बताउँदै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

हाल उक्त विद्यालयमा २०६ विद्यार्थी अध्यानरत रहेका छन् ।कार्यक्रममा मिर्मिरे लघुवित्तका क्षेत्रीय प्रबन्धक वेद प्रकाश आचार्यले नव निर्मित मंचको रिवन काटेर समुद्घाटन गर्नुका साथै सहयोग राशिको चेक हस्तान्तरण गर्दै मिर्मिरे लघुवित्तको देशभर सातै प्रदेशमा दह्रो उपस्थिति रहेको र वित्तीय संस्थाले विपन्न वर्गको सर्वोपरी हितमा कार्य गर्दै आइरहेको बताउँदै, राजधानीमा भब्य दरबार हाइस्कुल बनिसकेको परिप्रेक्षमा कैलालीको बचैलामा गिट्टी बालुवा चालेर जीवन यापन गरिरहेका अति विपन्न अविभावकको बाल बालिका पढ्ने विद्यालयतर्फ ध्यान पुर्याउन किन नसकेको होला भन्दै नसकेकोमा स्थानीय सरकार तथा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

विद्यालयको न्युनतम भौतिक पूर्वाधार निर्माणमा गहकिलो बजेट व्यवस्थापन गरिदिन स्थानीय निकायलाई अपिल समेत गर्दै मिर्मिरे लघुवित्तले दर्जनौ असाहय सडक मानवको सेवामा बर्षेनी देशभर विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न गर्दै आएको र आगामी दिनहरुमा ‘एक घर(एक मिर्मिरे सदस्य’ अभियान मार्फत सेवा प्रवाह गर्ने वित्तीय संस्थाको योजना समेत सार्वजनिक गरेका थिए ।


अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...

ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ १६ बुधवार ११:४७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक...

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १४ सोमवार १३:०९

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको...