back

९ महिनामा १ खर्बमात्रै पुँजीगत खर्च

काठमाडौं – चालु आर्थिक वर्षको साउनदेखि चैत ३० गतेसम्मको अवधिमा सरकारले १ खर्ब १ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको छ ।

सरकारले यो अवधिमा गरेको खर्च कुल पुँजीगत खर्चको २८.३७ प्रतिशत हो । अर्थ मन्त्रालयले विकास निर्माणको काम गर्नको लागि कुल चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च विनियोजन गरेको थियो ।

कोभिड महामारीको कारणले विकास निर्माणका कार्यहरू अघि बढ्न नसक्दा ठूलो धक्का पुँजीगत खर्चमा परेको छ । हरेक वर्ष ७०/८० प्रतिशतका दरले हुँदै आएको खर्चको औचित्य तथा त्यसबाट देशले प्राप्त गर्ने लाभका वारेमा हिसाव हुन सकेको छैन ।

बजेट तर्जुमा गर्दा हरेक अर्थमन्त्रीले विकासको जिम्मेवारी लिएका मन्त्रालयहरूबाट बजेटको लागि प्रस्तावित भइआएका कार्यक्रम र आयोजनाहरूका अतिरिक्त जनतालाई आकर्षित गर्ने उद्देश्यले आफू र आफ्नो दलका नेता र विज्ञहरूले सुझाएका नयाँ–नयाँ कार्यक्रम र आयोजनाहरू बजेट तर्जुमाको अन्तिम चरणमा बजेटमा समावेश गरी घोषणा गर्ने गर्दछन् ।

सरकारले पुँजीगत खर्च गर्न नसकेजस्तै चालु खर्च पनि गर्न सकेको छैन । चालु खर्चअन्तर्गत पर्ने नियमित खर्च वाहेक विकास निर्माणमा हुने खर्च नहुँदा खर्च गर्न नसकेको हो ।

चालु आर्थिक वर्षको यो अवधिसम्म सरकारले ५ खर्ब २२ अर्ब पुँजीगत खर्च गरेको छ । यो शीर्षकमा अर्थ मन्त्रालयले ९ खर्ब ४८ अर्ब बजेट विनियोजन गरेको छ ।

यो अवधिमा जम्मा ५७ अर्ब ५८ करोड पुँजीगत खर्च गरेको छ । यो खर्च पनि विनियोजित बजेटको ३३.३३ प्रतिशतमात्रै हो ।

विदेशी ऋणको सावा ब्याज तिर्न तथा सार्वजनिक संस्थानमा शेयर लगानी गर्न सरकारले यो शीर्षकबाट खर्च गर्ने गरेको छ ।

समग्र चालु आर्थिक वर्षको यो अवधिसम्म सरकारले ६ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ भने सरकारले १४ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । 


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...