back

मेट लाइफको नाफा २०.५८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता?

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.३७ प्रतिशतले बढेर २५ करोड ८८ लाख रुपैंया हुन आएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले खुद बीमा शुल्क पनि २०.५८ प्रतिशतले बढाएको छ । तेस्रो त्रैमासमा आउँदा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ५ हजार ८९८ वटा दाबी वापत २ अर्ब ६६ करोड रुपैंया भुक्तानी गरेको छ । कम्पनीले ७३९ वटा बीमा दाबी वापतको ७५ करोड ३४ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोड २ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा २ अर्ब २९ करोड ५० लाख १० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी १ अर्ब ३ करोड ९० लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा अन्य आम्दानी १ अर्ब २६ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद दावी भुक्तानी २ अर्ब ६० करोड ४७ लाख ४७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधमा कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब ८ लाख ५० हजार रुपैयाँ गरेको गियो ।

यस अवधिमा कम्पनीको ब्यवस्थापन खर्च ३४ करोड २२ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ब्यवस्थापन खर्च ३४ करोड ४५ लाख ८० हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ७.४५ प्रतिशतले बढेर १९ अर्ब १६ करोड ५६ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १७ अर्ब ८३ करोड ६६ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

२०७८ जेठ १० गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...