back

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड निष्कासन गर्दै

२७ वैशाख, काठमाडौं–प्रभु क्यापिटलको म्युचुअल फण्ड निष्कासन गर्न लागेको छ । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । प्रभु म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्कासनका लागि स्वीकृति दिएको हो ।

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । क्यापिटलले १ अर्ब रुपैयाँको १० करोड इकाई फण्ड निष्कासन गर्ने भएको हो ।
कुल १० करोड युनिट मध्ये १.५ करोड युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन भने बाँकी ८.५ करोड युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गर्ने छ ।
७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणा सम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।
उक्त इकाई जेठ ५ गतेबाट निष्काशन हुनेछ । लगानीकर्ताले उक्त इकाईमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त इकाईमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाईको अंकित मूल्य १० रुपैयाँ छ । इकाईको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ ।


विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे २० अर्ब ८८ करोडको व्यापार, कुनले कति गरे ?

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:१४

काठमाडौं । चालु आवको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीको...

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

मेटलाइफद्वारा बालबालिकाको स्वास्थ्य सुधार गर्न इयर केयर नेपालसंग साझेदारी

वि.सं.२०८१ माघ ११ शुक्रवार १३:०५

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपाल सँगको सहकार्यमा काठमाडौं,...

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

महालक्ष्मी विकास बैंकद्वारा फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

वि.सं.२०८१ माघ ११ शुक्रवार १२:०९

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...