back
nactional

राठी ट्रेडिङले मनोहरामा सुरु गर्‍यो अत्याधुनिक ईभी सर्भिस सेन्टर र चार्जिङ नेटवर्क

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ।

कम्पनीले मनोहरास्थित राठी अटो वर्क्स तथा राठी चार्जिङ नेटवर्क स्थापना गरेको हो। बुधबार आयोजित कार्यक्रममा शाङच मोटर्सका अन्तर्राष्ट्रिय महाप्रबन्धक केन सुन र राठी ट्रेडिङका अध्यक्ष दिनेशकुमार राठीले संयुक्त रूपमा यसको शुभारम्भ गरे। कार्यक्रममा केन सुनले नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले गुणस्तरीय सवारी साधनसँगै स्पेयर पार्ट्स र बिक्रीपछिको सेवा विस्तारमा कम्पनीले प्राथमिकता दिएको बताए।

राठी ट्रेडिङका अध्यक्ष राठीले सवारी बिक्रीपछि ग्राहकलाई सहज सेवा, आवश्यक स्पेयर पार्ट्स र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउनु कम्पनीको जिम्मेवारी भएको बताए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज खतिवडाले विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै देशभर सर्भिस तथा चार्जिङ सञ्जाल विस्तारमा कम्पनी केन्द्रित रहेको जानकारी दिए।

मनोहरास्थित सर्भिस सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकका लागि पर्याप्त पार्किङ, बस्ने स्थान, क्याफे तथा वर्कशपमा भइरहेको काम प्रत्यक्ष हेर्न सकिने सुविधा पनि उपलब्ध छ।

सर्भिस सेन्टरमा सर्भिसिङ, चार्जिङ र वासिङसहितका सुविधा एकै ठाउँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा विद्युतीय पार्ट्सको मौज्दातसमेत राखिएको छ।

कम्पनीका अनुसार सामान्य पार्ट्स ४८ घण्टाभित्र र अन्य पार्ट्स ७२ घण्टाभित्र देशका विभिन्न स्थानमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

राठी ट्रेडिङले काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। कम्पनीले यसलाई नेपालमा उपलब्ध तीव्र गतिका चार्जिङ स्टेसनमध्ये एक भएको दाबी गरेको छ।

यसैगरी नवलपरासीको गैँडाकोटमा ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ। कम्पनीले चालु वर्षभित्रै देशका प्रमुख सहरलाई समेट्दै पूर्वदेखि पश्चिमसम्म चार्जिङ सञ्जाल विस्तार गर्ने योजना बनाएको जनाएको छ।

कम्पनीका अनुसार प्रत्येक स्थानमा ४ मेगावाट क्षमताका चार्जिङ स्टेसनसहित आवश्यक सम्पूर्ण सुविधा उपलब्ध गराउने योजना छ। यस्ता स्टेसनलाई ‘वान स्टप सोलुसन’का रूपमा विकास गरिनेछ।

राठी ट्रेडिङले हाल आरजेडएम ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ।

आरजेडएम ई५ मा ५३.५ किलोवाट आवर क्षमताको सीएटीएलको तेस्रो पुस्ताको ब्याट्री प्रयोग गरिएको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटकको चार्जमा करिब ३०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। यी ब्याट्रीले क्रमशः ३३० र ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ। ६० किलोवाटको चार्जरबाट आर५ लाई करिब ४५ मिनेटमा चार्ज गर्न सकिने बताइएको छ।

आरजेडएमका विद्युतीय भ्यानमा १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, शक्तिशाली एसी, ६४ इन्चको इन्टेरियर हाइट, डायमन्ड कट एलोय ह्विल, स्पेयर ह्विल र अन्डरबडी प्रोटेक्सनलगायत सुविधा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपाली सडकमा परीक्षण गरी आवश्यक सुधारसहित सवारी साधन उपलब्ध गराइएकाले आरजेडएमका भ्यानप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। आरजेडएमले ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटरलगायत अन्य प्रमुख भागमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

एउटै मूल्यका चेतक २५०१ र टीभीएस अर्बिटर: कुन स्कुटरमा के छ खास?

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३५

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर माग र प्रतिस्पर्धा बढ्दो...

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

पाँचौँ पुस्ताको हुन्डाई टक्सन नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३१

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी...

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म, २ लाख आगन्तुक आउने अपेक्षा

वि.सं.२०८३ भदौ ३ बुधवार १५:५२

काठमाडौं । नेपालको चर्चित अटोमोबाइल प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा...

टाटा कार्निभलको चौथो संस्करण सुरु: पुरानो गाडी दिएर नयाँ पञ्च ईभी वा टियागो ईभी लैजान सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु: पुरानो गाडी दिएर नयाँ पञ्च ईभी वा टियागो ईभी लैजान सकिने

वि.सं.२०८३ भदौ ३ बुधवार १२:११

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक...

नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन पिकअपको उत्साहजनक बुकिङ, छुट सुविधा भदौ १५ सम्म थप

नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन पिकअपको उत्साहजनक बुकिङ, छुट सुविधा भदौ १५ सम्म थप

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३०

काठमाडौं ।  हिमालय अर्गनाइजेसन अन्तर्गतको आधिकारिक वितरक हिमालय मोटरक्स प्रा.लि.ले...

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

वि.सं.२०८३ भदौ २ मंगलवार १२:०३

काठमाडौँ । बैद्य इनर्जी प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित एथर नेपाल (Ather...