back

सानिमा लाईफको नाफामा ११.७५ प्रतिशतले वृद्धि, कस्ता छन् अन्य सूचक?

२७ वैशाख, काठमाडौँ–सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको हो । गत वर्ष यस अवधिमा कम्पनीले ८ करोड ३८ लाख ३८ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ७५ प्रतिशत बढीहो ।

यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करीब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको छ भने २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।

सर्वसाधारणमा ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीको हाल १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६५ प्रतिशत बढी २० करोड ६३ लाख २१ हजार कायम भएको छ ।

जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १५२ दशमलव ४९ प्रतिशत बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ ।

गत वर्ष २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।

यस वर्ष कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा यस वर्ष १५४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले ५७ गुणा बढी कुल दाबी भुक्तानी गरेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ५८ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो भने १५ लाख मात्र कुल दाबी भुक्तानी गरेको थियो ।
कम्पनी सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको छ ।


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...