back

‘मन र मत’ परिवर्तनको आवश्यकता किन ?

नेपालमा थुप्रै राजनैतिक परिवर्तन भए । २००७ साल पछिका परिवर्तनहरूमा १०४ वर्षको राणा शासन, ३० वर्षको एक तन्त्रिय पंचायती शासन, २०४६ साल पछाडीको संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र हुदै ०६२ र ०६३ को आन्दोलनबाट देशमा लोकतन्त्र आएको पनि धेरै वर्ष बितिसकेको छ ।

माथि उल्लेखित जुन सासन आए पनि यति लामो अवधि बिति सक्दा आम नेपाली जनताका मुद्दा , समस्या जहिको तहि छन्। आखिर गरिव जनताको जिवनमा आजसम्म सकरात्मक परिवर्तन हुन नसक्नु बिडम्वना भएको छ । आज पनि जनता स्वच्छ पानीको लागि तड्पि रहेका छन्। बहुप्रक्षित मेलम्चि आयोजना अझै पुरा हुने छाटकाट देखिदैन । यो आयोजना ढिलाई हुनुको कारण के हो र?  सचेत नागरिकले यस्को जवाफ माग्ने कि नमाग्ने ? आज पनि जनता हस्पिटल सुबिधा नपाएर मृत्युको मुखमा पुग्न बाध्य छन्। एउटा जटिल रोग लाग्ने बित्तिकै आफुसंग भएको घर खेत बेचेर आफ्नो जिवन उपचार गर्न बाध्य छन्।

“शिक्षाको कुरा गर्दा देशमा सरकारी र प्राईभेट गरि दुई किसिमको शिक्षा प्रणाली लागु गरिएको छ । सरकारी स्कुलमा शिक्षा सस्तो छ तर गुणस्तर छैन । त्यहि शिक्षा प्राईभेट स्कुलमा पढाउ केटाकेटीको शुल्क तिर्न सक्ने अवस्था हुदैन । हुने खानेका छोराछोरीहरू महंगोमा भएपनि बोर्डिङ स्कुलमा पढाउछन् भने हुदा खानेहरूका छोराछोरी सरकारी स्कुलमा पढाउन बाध्य छन्।”

त्यसो भएको हुनाले देशमा दुई किसिमको शिक्षा नितिले दुई प्रकारका नागरिक उत्पादन भईरहेका छन्। अनि कसरी सरकारी स्कुलमा पढ्ने बिध्यार्थीले बोर्डिङ्गमा पढ्नेसंग प्रतिस्पर्धा गर्न सक्छन रु यसरी हेर्दा नागरिकले जिन्दगीभर कमाएको सबै रकम शिक्षा र स्वास्थ्यमा खर्च हुने देखिन्छ । अनि उस्ले आफ्नो जिवनलाई कसरी शुख र समृद्व बनाउन सक्छ रु यदि सरकारले शिक्षा र स्वास्थ्यको जिम्वेवारी लिने हो भने मात्र पनि नागरिकलाई ऋणको बोझ हल्का हुन्छ । जनतालाई मेरो सरकार छ है भन्ने अपनत्व हुन्छ र उनिहरू शुखि र समृद्वीको यात्रामा अगाडि बढ्न सक्छन्। तर सरकार यस तर्फ कति पनि ध्यान लगाउदैन ।

नेपाली जनताले बिभिन्न काल खण्डमा धैरै पार्टीका सरकारहरूको नेतृत्व पनि देखि सकेका छन्। कुनै पनि सरकारले जनताको मनोबिज्ञान अनुसार काम गरेको देखिदैन । छोटो छोटो अवधिमा सरकार परिवर्तन भईरहने, विकासका काम फिटिक्कै अगाडि नबढ्ने भएको हुनाले स्थिरता भएन भनेर नेकपा पार्टीलाई झण्डै दुई तिहाईको बहुमत दिएर जनताले पठाएको हो तर त्यो दुईतिहाई मतको अहिले अबमुल्यन भएको छ । अहिले सम्पुर्ण मतदाताहरू नेकपालाई मत दिएर गल्ति गरेको महशुस गरिरहेका छन्।

अहिलेको सत्ता बांदरको हातमा नरिवल 

आज देश भ्रष्टाचारको कारण आक्रान्त भएको छ । प्रधानमन्त्री ओली भष्टाचारीको मुख हेर्दिन भन्नु हुन्छ तर हरेक काममा कमिसन र भष्टाचारले जरा गाडेको छ । ओम्नी काण्ड, ३३ किलो सुन काण्ड, वाईडबडी जहाज खरिद काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, बालुवाटार जग्गा प्रकरण, ललिता निवास प्रकरण, यति ठुलो महामारी कोभिड-19 को समयमा पनि स्वास्थ्य सामाग्री खरिदमा घोटाला, जस्ता कयौ काण्डहरूमा सरकारको निरिहता प्रकट हुन्छ । कृर्षीमा किसानले मल पाउन सकेका छैनन ।नेताहरू जनताको लागि राजनिति गर्दैनन भन्ने कुरा सत्य हुदै गएको छ । उनिहरू आफ्नो नातागोतालाई कसरी पदमा पुर्याउन सकिन्छ रु भागवण्डाको कुरा गर्छन । कसरी मिलाउने र खाने ध्यान त्यतिमा मात्र सिमित छ । जनताका अवाज के छ , देशमा आर्थिक उन्नती कसरी गर्न सकिन्छ रु उनिहरू के चाहान्छन, जनतालाई कसरी समृद्व बनाउन सकिन्छ रु अहिलेको जल्दोबल्दो समस्याका बिषयमा कहिल्यै कुरा हुदैन । कुरा हुन्छ त कुन कम्पनिसंग साढगाठ गर्दा बढि फाईदा हुन्छ । कुन ठेकदारलाई ठेक्का दिदा कमिसन बढि आउछ । सेटिङ्ग कसरी मिलाउने आफ्नो पद कसरी जोगाउने । आफ्नो अनुकुलको व्यक्तिलाई त्यस स्थानमा कसरी ल्याउने । यि बिभिन्न कुराहरू गर्ने र आफु मात्र समृद्व बन्नेको पछाडी लाग्ने कुराले गर्दा जनतामा राजनिति प्रति नै बितृष्णा पैदा गरेको छ । जनताहरू जुन जोगी आए पनि कान नै चिरेको भन्न थालिकासकेका छन्।

अहिले देसमा महिलाहरू सुरक्षित छैनन् । बैतडीकी निर्मला पन्त देखि लिएर हालै बलत्कार पछि हत्या गरेर फालिएकि भारती भट्टका हत्यारा अझै कानुनी कठघरामा पुर्याउन सकिएको छैन । हत्या हिंसाको श्रृङ्खला अझै बढेको छ । 

नेपाली जनताको चाहाना यो छ कि देश समृद्व बनोस, कोही पनि जनता गरिव नहोस, सबै नागरिकले रोजगार पाउन सकुन, सबै जनताको शिक्षा स्वास्थ्यमा समान पहुंच होस । सरकार अभिभावकको रूपमा र जनता सचेत नागरिकको भूमिका निर्वाह गर्न सकुन । देशमा नै औधोगिक वातावरण सृजना होस । तर सरकार कुरा ठुला ठुला गरेर भाषण ठोक्दै हिड्छ । गर्नु पर्ने काम गर्दैन। नगर्नु पर्ने काम गर्दै हिड्छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भएको छ ।

ठुला भ्यु टावर निर्माणमा अर्बौ रूपया खर्चेको छ । पछिल्लो समय पशुपतिनाथलाई झलारी राख्न १४० किलो सुन दिएर सरकार बिबाद सृजना गरिरहेको छ । यत्रो रकम खर्चेर हातमा लाग्यो शुन्य हो । त्यसको ठाउमा एउटा सुबिधा सम्मपन्न हस्पिटलको निर्माण गरेको भए कयौ नागरिकले स्वास्थ्य सुबिधा पाउने थिए । कर्णाली प्रदेशमा एउटा गतिलो शैक्षिक संस्था वनाएको भए कयौ बिद्यार्थीले शिक्षा पाउथे होलान । एउटा औधोगिक संस्था स्थापना गर्न पाएको भए कयौ बेरोजगारहरूले काम पाउने थिए होलान । बिकट जिल्लाहरूमा कुपोषणले बालकहरूको अवस्था दयनिय छ तिनिहरूको लागि पोषणयुक्त खाध्यान्नको जोहो गरेको भए कयौ बालबालिका कुपोषणमुक्त हुने थिए । अहिले लाखौ युवा आफ्नो पसिना बिदेशी भूमिमा पोख्न बाध्य छन । उनिहरूले आफ्नो श्रमको पुरा ज्याला पाईरहेका छैनन। तिनिहरूलाई आफ्नै देशमा रोजगार सृजना गर्न सकेको भए अन्य देशको दासी बन्नु पर्ने थिएन ।

अन्तमा, हामी नागरिकले पनि आफ्नो भूमिका सहि तवरले निभाउनु आवश्यक छ । अव पनि हामी यिनै पुराना पार्टी र तिनका पुराना नेतालाई बिस्थापित गर्न सकेनौ भने भावी पुस्ताले हामीलाई सराप्ने छन । अव पनि यिनै पुराना पार्टी र यिनै पुराना नेताबाट देश समृद्व बन्छ भन्नु कोदो पेलेर तेल निकाल्छु भन्नु एकै हुनेछ । त्यसैले अव आउने निर्वाचनमा यिनहरूलाई पाखा लगाउने सुवर्ण अवसर आउछ त्यस बखत हामीले मन र मत परिवर्तन गर्न जरूरी छ । अव एकपल्ट उदयामान बैकल्पिक पार्टीहरूलाई पनि चुनावमा जिताएर परिक्षा लिने काम हामी जनताले गर्नै पर्छ । यो नै जनताको ठुलो अवसर हो । यो समयमा पनि हामी चुकेउ भने देशले सहि दिशा लिन सक्तैन र हामी जहिको तहि हुनेछौ । हामी जनताको कहिल्यै कल्याण हुने छैन। लेखक बिवेकशिल साझा पार्टीमा आवद्व हुनुहुन्छ।


लघुवित्तमार्फत सन्तुलित विकास र समृद्धि : रामबहादुर यादव

लघुवित्तमार्फत सन्तुलित विकास र समृद्धि : रामबहादुर यादव

वि.सं.२०८० फागुन २९ मंगलवार ११:३०

नेपालमा लघुवित्तको सुरुवात भएको तीन दशक नाघिसकेको छ । परम्परागत...

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०१

आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह...

देश विकासको भिजन: पूर्व अर्थमन्त्री पाण्डे

देश विकासको भिजन: पूर्व अर्थमन्त्री पाण्डे

वि.सं.२०८० फागुन ५ शनिवार २१:४९

सामान्य समाज विकासको अध्यायमा कृषि युगपछि उद्योगधन्दा, बन्द व्यापार र...

पालिका संख्या मर्जरमा जानु आवश्यक : बालानन्द पौडेल

पालिका संख्या मर्जरमा जानु आवश्यक : बालानन्द पौडेल

वि.सं.२०८० फागुन ५ शनिवार २१:२५

नेपाललाई विकासको हिसाबले अगाडि बढाउने क्रममा पञ्चायतदेखि नै गाउँ पञ्चायतको...