नाडेप लघुवित्तको छैठौँ साधारण सभा स्थगित

वि.सं.२०७८ वैशाख २३ बिहीवार

२३ वैशाख, काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा स्थगित भएको छ । कम्पनीले जेठ ७ गते शुक्रबारको लागि आह्वान गरेको छैठौं साधारण कम्पनीकै आन्तरीक कारणले गर्दा स्थगित भएको हो ।
लघुवित्तले रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा ७ गते शुक्रबार बिहान ११ बजे जुम मार्फत साधारण सभा बोलाउने निर्णय गरेको थियो । उद्यपी, विशेष कारणले गर्दा अर्को सूचना नआए सम्म सभा नगर्ने जनाएको छ ।
डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जाने सम्झौता गरेको कम्पनीले गत आर्थिक वर्षबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

प्रकाशित समय : ०४:३१ बजे