back

निर्धन उत्थान लघुवित्तको सञ्चालन नाफा १२.३५ प्रतिशतले घट्यो, अन्य सूचकमा भने फड्को

२३ वैशाख, काठमाडौं – निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अन्य सूचकका फड्को मारेपनि सञ्चालन नाफामा भने गिरावट आउको छ । यो अवधिमा कम्पनीले ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जुन गत आर्थिक वर्षको समिक्षा अवधिमा ४७ करोड ३२ लाख ७३ हजार रुपैयाँ रहेको थियो । यो गत आर्थिक बर्षको तुलनामा ५१.०४ प्रतिशत बढि हो ।

त्यस्तै, यस अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ३५.९७५ ले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब १७ करोड ३२ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा संस्थाको सञ्चालन नाफा १२।३५ प्रतिशतले घटेर ६५ करोड ६९ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७४ करोड ९५ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा संस्थाको चुक्ता पूँजी १३ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । त्यस्तै, जगेडा कोषमा ६२.२५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ३४ लाख ७३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब ६१ करोड ६८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा संस्थाको निक्षेप संकलन १९.९३ प्रतिशतले बढेर १५ अर्ब ३८ करोड ३२ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १२ अर्ब ८२ करोड ६५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकmन गरेको थियो । त्यस्तै कर्जा लगानी १७.०७ प्रतिशतले बढेर २४ अर्ब २७ करोड ८१ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढेर ५६ रुपैयाँ २३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा छ ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

खप्तड लघुवित्त धौलागिरी लघुवित्तमा गाभियो, २० गतेदेखि एकिकृत कारोबार

खप्तड लघुवित्त धौलागिरी लघुवित्तमा गाभियो, २० गतेदेखि एकिकृत कारोबार

वि.सं.२०८० असार १३ बुधवार १३:४७

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था धौलागिरी लघुवित्त वित्तीय संस्थामा...

शान्ति सुरक्षाको माग राख्दै लघुवित्त बैंकर्स संघद्वारा ७७ जिल्लाका सीडीओलाई एकैपटक बुझाए ज्ञापनपत्र

शान्ति सुरक्षाको माग राख्दै लघुवित्त बैंकर्स संघद्वारा ७७ जिल्लाका सीडीओलाई एकैपटक बुझाए ज्ञापनपत्र

वि.सं.२०८० असार ११ सोमवार १५:४९

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै...

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

वि.सं.२०८० असार १० आइतवार १४:११

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ...

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:२१

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक...