back

राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

डोटी । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, “बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा बन्द हुनेछन् ।” सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो भन्ने विषयमा बैंकले खुलाएको छैन ।

बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई निकै समस्या भएको छ । पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरु भत्ता लिनका लागि बैंकमा आउन थालेका कारण बैंकको सेवा बन्द भएपछि सबैभन्दा बढी उनीहरु मारमा परेको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर नेपालीले बताउनुभयो । उनले भने, “भत्ता लिने सेवाग्राहीको भीड लाग्ने गरेको छ, बैंकले सेवा बन्द गरेपछि समस्या हुने भएको छ ।” सेवाग्राहीका समस्यालाई दृष्टिगत गर्दै तथा कर्मचारीको पिसिआर रिपार्टका आधारमा आफ्ना सेवाहरु निकट भविष्यमै पुनः सञ्चालन गर्ने योजना रहेको राष्ट्रिय वाणिज्य बैंक डोटीका प्रमुख हर्कसिंह धामी विष्टले बताए । उनले भने, “बाध्यताले हामीले केही दिनका लागि सेवा बन्द गर्नु परेको हो, चाँडै पुनः सेवा सञ्चालन हुनेछ, सेवाग्राहीमा परेको समस्याका लागि हामी क्षमाप्रार्थी छौँ ।”

बैंकले अचानक सेवा बन्दको सूचना निकालेर सबै सेवा बन्द गरेपछि सिलगढीमा रहेको बैंकको शाखामा सेवाग्राहीको भीड लागेको दिपायल पिपल्लाका स्थानीयवासी प्रकाशबहादुर विकले बताए । उनले भने, “सेवा बन्द गरेको बैंकले समयमै जानकारी दिएन, यहाँ सेवाग्राहीको भीड लागेको छ, उनीहरुको समस्या कसले बुझ्ने ।” बैंकमा सुनको ब्याजदेखि अन्य कारोबारका ग्राहकहरुको पनि भीड बढेको स्थानीयवासीहरु बताउँछन् । उता राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले भने आफ्नो सेवा पुनः सञ्चालन राखेको शाखाप्रमुख गणेशबहादुर विष्टले बताए । उनले भने, “हाम्रो शाखामा पनि केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ, उहाँहरु आइसोलेशनमा हुनुहुन्छ, सेवाग्राहीको चापलाई ध्यानमा राखेर हामीले सेवा पुनः सञ्चालन गरेका छौँ, बन्द भएको छैन ।”

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासनले आज रातिदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपछि भत्तादेखि खातामा भएको आफ्नो रकम झिक्न आउने सेवाग्राहीका कारण बैंकमा भीड बढेको बताइएको छ । जिल्लामा अहिलेसम्म कम्तीमा पनि १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीका अनुसार भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमणका कारण दुई हप्ताको अवधिमा जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँका स्थानीयवासीमा त्रास फैलिएको बताइएको छ । जिल्लामा दुई नगरपालिका तथा सातवटा पालिकासहित नौवटा स्थानीय तह भए पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कसैले पनि पहल नगरेको स्थानीयवासीको आरोप छ । जिल्लामा अहिलेसम्म भारतबाट आएका नागरिक राख्नका लागि क्वारेन्टिन तथा सङ्क्रमण भएका व्यक्ति राख्नका लागि आइसोलेशन वार्डसमेत निर्माण गरिएको छैन ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...